बुधबार १० आश्विन २०८०

सुडान मिसन मा गएको नेपाल प्रहरीलाई आइलाग्यो यति ठूलो आपत्ति : ८६ प्रहरी नेपाल फर्किए
June 4, 2021 7
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । द्व’न्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट ९एफपियू० मिसन बन्द भएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्कै निर्णयअनुसार मिसन बन्द भएको हो । मिसन बन्द भएपछि त्यहाँ कार्यरत ८६ प्रहरी स्वेदश फर्किएका छन् । अन्य ८३ जनालाई भने फरक जिम्मेवारीका लागि करिब ६ महिना राख्ने निर्णय भएको छ । एफपियूलाई पुलिस गार्ड युनिट ९पिजियू०का रूपमा आगामी डिसेम्बरसम्म राख्ने निर्णय भएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

पिजियूले युएन क्याम्प र बन्दोबस्तीका सरसामानको सुरक्षा गर्नेछ ।
सुरक्षा परिषद्ले गत ३१ डिसेम्बरदेखि नै सुडान मिसन बन्द गर्ने निर्णय गरेको थियो । यो वर्षभित्र राष्ट्रसंघअन्तर्गत शान्ति मिसनमा खटिएका सबै सुरक्षाकर्मी फिर्ता हुनेछन् । सुडानमा विभिन्न देशका १३ वटा एफपियू कार्यरत छन् । अन्य देशका सुरक्षाकर्मी पनि फिर्ता भएका छन् । पूर्ण रूपमा शान्ति स्थापना भइनसके पनि सुडान सरकारको दबाबमा सुरक्षा परिषद्ले मिसन अन्त्य गरेको हो ।सुडान मिसन बन्द भएपछि केही सुरक्षाकर्मी फिर्ता आइसकेको र केही बाँकी रहेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

सन् २००८ सेप्टेम्बरमा स्थापना भएको प्रहरीको सुडानस्थित एफपियू मिसन त्यही हो, जसको बन्दोबस्तीका सामान खरिदमा करोडौँ भ्रष्टाचार हुँदा सिंगो प्रहरी नै बदनाम भएको थियो । जुन अनियमिततामा नेपाल प्रहरीका तीन पूर्वआइजिपीसहितका अधिकारीले जेल सजाय भोगेर छुटिसकेका छन् ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**


Last Updated on: June 4th, 2021 at 2:49 pm
३२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया