आइतबार १२ आषाढ २०७९

गोरखा : चुनावको नतिजा सार्वजनिक भएपछि सोमबार बारपाक सुलीकोट गाउँपालिकाको प्रांगणमा एउटा अनौठो दृश्य देखियो। चुनावी नतिजाले एकाथरीमा यसै उत्साह थियो, अर्काथरी निराश। तर यो दृश्यले दुवैथरीमा उत्साहको संचार गर्यो।

दृश्यका नायक थिए त्यहीँ पालिकाको स्थानीय तह चुनावमा अध्यक्ष पदका उपविजेता बनेका कांग्रेसका युवा नेता जीतबहादुर घले। सोही पालिकामा माओवादीबाट अध्यक्ष पदमा विजयी बनेका विष्णुप्रसाद भट्टसँग आठसय ५५ मतले पछाडि परेको नतिजा सार्वजनिक भएपछि उनले गरेको व्यवहारले उनी साँच्चै असल राजनीतिक संस्कारका नायक रहेछन् भन्ने पुष्टि भयो। भट्ट विजयी घोषणा भएलगत्तै जीतबहादुरले निशंकोच, भद्र र सालिन मुस्कानका साथ खादा लगाउँदै बधाई दिए। घलेले बधाई मात्र दिएनन्, भट्टलाई प्रतिद्वन्द्वी भन्दापनि अनन्य मित्रलाई गर्ने व्यवहार गरे। जुन व्यवहारले नतिजाप्रति निराश, उदास भएका कांग्रेस कार्यकर्तामा नयाँ उमंग थप्यो। सबैका अनुहार उज्याला भए। बारपाक सुलीकोट गाउँपालिकाका माओवादीका उम्मेदवार भट्टले पाँचहजार सातसय १९ मत प्राप्त गरेर विजयी हुँदा घले चार हजार आठसय सय ६८ मत प्राप्त गरेर उपविजेता भएका थिए।

निस्कपट, शालिन, भद्र र निश्छल मुस्कानका साथ हात मिलाउँदै घलेले भट्टलाई भने, ‘मैले आफ्नो जनमत मात्र कायम गर्न सकेँ, जित्न सकिन। तपाईँले जित्नु भयो। धेरै धेरै बधाइ छ। तपाईँसित जनताले विकास र संवृद्धिको ठूलो अपेक्षा गरेका छन्। तपाईँले यसअघिको कार्यकालमा जति गर्नुभयो, त्यो भन्दा यो कार्यकालमा दोब्बर, तेब्बर राम्रो गर्नुहोस्। मैले पनि र जनताले पनि तपाईँसित यत्ति अपेक्षा गरेका छौँ, शुभकामना।’

घले नेपाली कांग्रेसका बारपाक सुलिकोट गाउँपालिकाका सभापति पनि हुन्। सो पालिकाको विकास र संवृद्धिका महत्वपूर्ण निर्णयमा उनको पनि भूमिका रहने गर्छ। अध्यक्ष पदमा विजयी बनेका भट्टले यो यथार्थलाई सहज रुपमा महशुस गरे।

साथै उनको शुभकामना स्वीकार गर्दै भने, ‘धन्यवाद। तपाईँहरुको साथ र सहयोग पाइरहुँ। तपाईँहरुको साथ र सहयोगले मात्र विकास र संवृद्धि सम्भव छ। बारपाक सुलीकोटको विकास र संवृद्धिका लागि इमान्दारिताका साथ आफ्नो कार्यभार पूरा गर्नेछु।’

यति भन्दै घलेले भट्ट र उपाध्यक्षमा निर्वाचित सनमाया गुरुङलाई खादा पहिर्याइदिए। सबैसित मिलेर फोटो खिचाए। यो दृश्यपछि दुई पक्षका कार्यकर्ताबीच कलुश, द्वेष तथा प्रतिशोधको भावना मत्थर भएको दृश्य देखिन्थ्यो।

काठमाडौं : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले अन्तराष्ट्रिय उडान गरेको छ। बुद्धपूर्णिमाकै दिन आज कुवेतबाट उडान भरेको हो।

जजिराले आफ्नो जहाजमार्फन यात्रु ल्याई सोमबार बिहान गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो। यो सँगै मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाल एयरलायन्सको न्यारोबडीले सोमबार नै व्यावसायिक उडान भर्दैछ।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि आपत्कालीन अवस्थामा जहाज भारत वा बंगलादेश डाइभर्ट गर्नुपर्ने अवस्थाको समेत अन्त्य हुने भएको छ। काठमाडौं बाहिर र मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यसले आर्थिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा छ।

यहाँबाट उडान भर्न श्रीलंकन एयर, फ्लाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयरलगायत ११ मुलुकका कम्पनीले पनि चासो देखाएका छन्। यसअघि जेठ १४ मा नेपाल वायुसेवा निगमकै वाइडबडी विमानले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डेमोस्ट्रेसन उडान गरेको थियो।

२०७४ साल जेठमै निर्माण सक्ने गरी सुरु भएको विमानस्थल निर्माणमा करिब ३० अर्ब खर्च भएको छ। तर, पहिलो म्याद सकिएको पाँच वर्षपछि मात्रै विमानस्थल सञ्चालनमा आएको हो।


Last Updated on: May 16th, 2022 at 4:58 pm
३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया