आइतबार १२ आषाढ २०७९

काठमाडौ,जेष्ठ १। यतिखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन। भैरहवामा बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको उद्घाटनमा आउनु भएका नरेन्द्र मोदि सङ्गै नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा समेत उपस्थित हुनु हुन्छ।

आज बुद्ध जयन्तिको अबसर पारेर उद्घाटन गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको विभिन्न पुजा आजा सहित उद्घाटन तयारी चलिएको बेला सामाजिक सन्जालमा एउटा तस्बिर निकै भाइरल भै रहेको छ। तस्बिरमा पुजा चलिरहदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि हात जोडेर मौन धारण गरि बसि रहनु भएको छ भने नेपालका प्रधानमन्त्री दुबै हात बाधेर कुनै सभा सम्मेलनमा सभापतित्व गरि बस्नु भएको जस्तो देखिन्छ।

आज बुद्धको जन्मदिनको अबसरमा बुद्धकै अपहेलना हुने गरि प्रधानमन्त्री देउबाको यो हर्कतले सामाजिक सन्जालमा उनको चर्को आलोचना भै रहेको छ। एउटा देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेको ब्यक्तिले समकक्षी लाई नै ब्यवास्ता गरि यस्तो हर्कत गर्नुले नेपालको मान खस्किएको अनुमान लगाउन सकिन्छ।

प्रधानमन्त्री देउबा स्थानीय निकायको निर्बाचनमा आफ्नै वडाबाट पराजित भएपछि लज्जित हुनु परेको थियो।देशकै प्रधानमन्त्रीको यस्तो हर्कतले अन्तर्राष्ट्रिय मिडियामा कस्तो सन्देश जाला त्यो हेर्न बाकी नै छ।

काठमाडौं / आउँदो शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुँदैन । बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म चल्ने मतदानका लागि मौन अवधिमा चुनाव प्रचारको कुनै पनि क्रियाकलाप गर्न निर्वाचन आचार संहिताले रो’क लगाएको छ ।

निर्वाचन आचार संहिताले निर्वाचन तथा मतदानको समयमा कतिपय विषयमाथि प्र’ति’बन्ध लगाएको छ । सामाजिक सञ्जालमा कुनै पनि उम्मेदवारलाई हो’च्याउने, एउटा उमेदवारको फोटोलाई अर्को उम्मेदवारको फोटोमा जोड्ने, सामाजिक सञ्जालमा चुनाब भड्काउने खालका कुनै पनि क्रियाकलाप गर्न नपाउने लगायतका व्यवस्था गरिएका छन् ।

त्यतिमात्रै नभएर निर्वाचन आचार संहिताले मतदान केन्द्रमा जाँदा अपनाउनु पर्ने केही प्रा’व’धानहरू पनि तोकिदिएको छ । यस्तोमा धेरैलाई मतदान केन्द्रमा जाँदा मोबाइल लैजान पाइन्छ कि पाइदैन भन्ने दुबिधा पनि हुनसक्छ । किन भने आफूले हालेको मतपत्रको फोटो खिच्ने, सामाजिक सञ्जालमा राख्ने चाहना कतिपयलाई हुनसक्छ ।

तर, निर्वाचन आचार संहिताले भने त्यस्ता क्रियाकलापलाई पूर्णरुपमा प्र’ति’बन्ध लगाएको छ । स्थानीय निर्वाचन आचार संहिता, २०७९ अनुसार केन्द्रमा मतदान गर्न स्वीकृत पाएको व्यक्तिले साथमा मोबाइल, क्यामेरा जस्ता कुनै पनि फोटो खिच्न सकिने उपकरण बोकेर जान नपाउने स्पष्ट पारेको छ ।

यो पनि :- जेठ १ देखि निजी र सार्वजनिक विद्यालयलाई सातामा दुई दिन बिदा : काठमाडौं / जेठ १ देखि निजी र सार्वजनिक विद्यालयलाई सातामा दुई दिन बिदा दिइने भएको छ ।

बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले जेठ १ देखि निजी र सार्वजनिक विद्यालयलाई साताको शनिबार र आइतबार गरि दुई दिने बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार यसअघि दिइदै आइएको शुक्रबारको आधा छुट्टीको व्यवस्था भने हटाइएको छ । तर, शनिबार र आइतबार भने निजी र सार्वजनिक विद्यालय पूर्ण रुपमा बन्द हुने उनले बताए ।

मन्त्रालयको बैठकले हिउँदे, वर्षे, स्थानीय वा पर्व बिदाहरुलाई पनि क’टौ’ती गरेको छ । अब वर्षमा ३० दिन मात्रै बिदा हुने निर्णय गरेको छ ।

यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरि ४५ दिन दिइने गरिएको थियो । यस्तै, स्थानीय पर्वका लागि ५ गरी सरकारले वर्षमा ५० दिन बिदा दिदै आएको थियो


Last Updated on: May 16th, 2022 at 5:54 pm
१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया