आइतबार ०७ आश्विन २०८०

तिमी बिदेशबाट फर्केपछी भेट्ने-भेट्ने भन्दा भन्दै सधैंका लागि छोडेर गयौ
June 4, 2021 57
26
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
छोरी स्तब्ध छु ! तिम्रो यो अप्रिय खबरले निसब्ध बनयो !! भगवान !! तिमी बिदेसबाट फर्केपछी भेट्ने.. भेट्ने भन्दा भन्दै एती धेरै दुर भईगयौ कि !!! अब हाम्रो भेट कहिले नि नहुने भयो! किन यत्ति निष्ठुरी छोरी! तिम्रो आत्माले स्वर्गमा बास पाओस, हार्दिक श्रद्धाञ्जली अर्पण तिमीलाई शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस छोरी बिनिता हामी सधैं तिमीलाई मिस गरिरहने छौ! – छोरीको निधन पस्चात krishna khaling ले लेखेको यो मनै छूने फेसबुक स्टाटस

रामहरि गजुरेल, नुवाकोट । देशव्यापी महामारीको रुप लिइरहेको को’रो ना सं’क्रमण यतिबेला ग्रामिण स्तरमा समेत अनियन्त्रित बन्दै गएपछि नुवाकोटको ककनी गाउँपालिकाले यसको नियन्त्रणका लागि विभिन्न योजनाहरु अघि सारेको छ । कोरोनाबाट संक्रमित बिरामी भएकाहरुको पहिचान तथा उपचार गरी समाधान गर्ने प्राथमिकता दिएको गाउँपालिकाले प्रत्येक नागरिकको सिघ्र परीक्षण,छिटो उद्धार, उपचारदेखि को’भिडबाट बच्न संक्रमितलाई प्रोत्साहन र मृतक परिवारलाई राहत लगायतका कार्यक्रम सुरु गरेको हो ।

जस अनुसार, को’रो नाको सं’क्रमणबाट आफ्नो गाउँपालिका भित्रका नागरिकको मृत्यु भएकाहरुको परिवारलाई राहत तथा किरिया खर्चवापत २५ हजार र सं’क्रमित भएका जुनसुकै विरामीलाई पाँच हजार रुपैयाँ नगद सहयोग दिइने बुधवार बसेको कार्यपालिकाको बैठकबाट निर्णय गरिएको ककनी गाउँपलिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिनुभयो। राहत रकम बाहेक सं’क्रमितको उपचार र अक्सिजन देखि औषधीको निःशुल्क व्यवस्था गाउँपालिकाले नै गर्दै आएकोले भविष्यमा पनि यसलाई निरन्तरता दिइने निर्णय गरेको छ ।

‘संक्रमित भएपछि रोग प्रतिरोधात्मक क्षमता घट्ने र शारीरिक कमजोरी विरामीमा हुने भएकोले तन्दुरुस्ती बढाउन पौष्टिक आहार आवश्यक हुन्छ’, अध्यक्ष लामाले भन्नुभयो–‘हाम्रो गाउँपालिका क्षेत्र भित्रका दुरदराजका वस्ती पनि छन् । सबैको आर्थिक अवस्था मज बुत नहुने भएकाले हामीले उपचार र औषधीसँगै दिने आर्थिक सहयोग उनीहरुका लागि प्रोत्साहन स्वरुपको यो राहत को’रो ना संक्रमणलाई जित्ने थप आधार बन्न सक्छ।’ यसका लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट दिइनेछ भने अपुग भएमा आन्तरिक श्रोत परिचालन गरिने गाउँपालिकाको तयारी छ ।

संक्रमण लुकाउने तर, परीक्षण गर्न नमान्ने : यसका साथै गाउँघरमा कोही संक्रमित भइहालेमा छरछिमेकी र आफन्तबाटै पनि सामाजीक ति’रस्कारको सिकार हुन सक्नेदेखि ‘कोरोनाले मरिहाल्छ’ जस्ता हतोत्साही व्यवहार भोग्नुपर्ने डर त्रासले पनि धेरैजसोले परीक्षण नै गर्न नमान्ने समस्या आइपरेका कारण गाउँपालिकाले यसको समाधानको उपाय खोजी गरेको थियो । यसपश्चात् कार्यपालिकाको बैठकबाट राहत रकम सहयोग कार्यक्रम सञ्चालन थाल्ने निर्णयले गाउँ पलिकाबासीलाई को’भिड–१९ भाइरसको परीक्षणको दायरामा ल्याउन मद्दत पुग्ने ककनीका सबै जनप्रतिनिधिहरुको विश्वास छ ।

‘को’भिडको परीक्षणपछि संक्रमित पहिचान भएका बिरामीलाई राहत् पुगोस् भन्ने हाम्रो भावना त छँदै छ, सँग सँगै गाउँपालिकाको को’भिड परीक्षण अभियानमा सबैको उत्साहजनक सहभागिता होस् भन्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो’, ककनी गाउँपालिका अध्यक्ष लामाले प्रष्ट पार्नुभयो । को’रो ना महामारीको रोकथामका लागि लागू भएको निषेधाज्ञासँगै व्यापक रुपमा परिक्षण र त्यसपश्चात् पहिचान भएका संक्रमितको उपचार नै पहिलो प्राथमिकता रहनुपर्ने कार्यमा गाउँ पालिकाले जोड दिएको योजना राख्दै लामाले को रो’ना नियन्त्रणको चुनौतिसँगै समाधानबारे भन्नुभयो–‘गाउँघरमा सं’क्रमित भएकाहरुले पनि सं’क्रमण लुकाएर बस्ने र परिक्षण नै गर्न नमान्ने समस्या आइप¥यो ।

यही नै हाम्रो मुख्य चुनौती देखिएकोले सं’क्रमितलाई राहत दिने व्यवस्था ग¥यौँ ।’ यसबाहेक गाउँपालिकासँग सं’क्रमितको उपचार गर्न प्रर्याप्त आइसुलेसन, अक्सिजन, औषधी, एम्बुलेन्स देखि प्रर्याप्त जनशक्ति तयारी अवस्थामा रहेकोले बढीमा असार महिना भित्र ककनीमा को’रो नाको सं’क्रमणलाई निर्मूल पार्ने उहाँको दाबी छ । गाउँपालिकाले ल्याएको योजनालाई आजैदेखि कार्यान्वयन थालिनुका साथै अझ तिव्र रुपमा कर्मचारी, स्वास्थ्यकर्मी लगायत सम्पुर्ण जनप्रतिनिधिहरु वडादेखि टोल–टोलमा विगत एक महिनादेखि खटि एकोमा थप शसक्त भएर लागिपर्ने उपाध्यक्ष सिता खतिवडा लामाले बताउनुभयो । गोरखापत्र दैनिकबाट


Last Updated on: June 4th, 2021 at 2:59 pm
९५० पटक हेरिएको

तपाईको प्रतिक्रिया