आइतबार १२ आषाढ २०७९

गोरखा : ‘म त चेली उत्तरी गोरखाको’ बोलको गीतकी गायिक सुनिला गुरुङ धार्चे गाउँपालिकाको उपप्रमुखमा विजयी भएकी छन्। मंगलबार सम्पन्न मतगणना अनुसार चर्चित गायिका गुरुङ माओवादीको तर्फबाट ३,७७९ मत प्राप्त गरी विजयी भएकी हुन्।

गोरखा सांस्कृतिक समाजकी कोषाध्यक्षसमेत रहेकी उनी धार्चे गाउँपालिका-६ काशिगाउँ निवासी हुन्। उनी कलाकारिता क्षेत्रसंगै हाल राजधानीमा व्यवसाय पनि सञ्चालन गर्दै आएकी छिन्।

उनी २०६५ सालदेखि कलाकारिता क्षेत्रमा उदाएकी हुन्। गायन कलाको १५ वर्षको दौरानमा उनले दर्जनौँ गीत गाएकी छिन्। विशेषगरी धार्चे क्षेत्रको लोकगीत संकलन गरी उनले गीति एल्बमहरु, म्युजिक भिडियोहरु बजारमा ल्याएकी छिन्। आफ्नै लगानीका १२ भन्दा धेरै म्युजिक भिडियोहरु बजारमा छन्।

धार्चे क्षेत्रका लोकगीत, यस क्षेत्रका प्रवद्र्धनात्मक गीत गाएकी तथा मोडलिङसमेत गरेकी उनी राजनीति र समाजसेवा क्षेत्रमा प्रवेश गरेसंग सानदार विजय हाँसिल गरेकी छिन्।

धार्चे गाउँपालिका गोरखाको दुर्गम भेगमा रहेको गाउँपालिका हो। दुर्गम गाउँमा जन्मेर लामो समय देश, विदेश देखे घुमेर अनुभव संगालेकी उनीसित गाउँपालिकाको विकास गर्ने ठूलो सपना छ।

‘सबैभन्दा प्रमुख कुरा म हाम्रो गाउँपालिकाका महिलाहरुको हितमा काम गर्नेछु। बाल बिबाहको बिकराल अबस्था छ। त्यसलाई अन्त्य गर्ने मेरो लक्ष्य हुनेछ’, उनी भन्छिन्, ‘समान कामको समान ज्यालाको नीति निर्माणमा पहल गर्नेछु। गर्भवती तथा सुत्केरी महिलामैत्री काम गर्ने पनि मेरो प्राथमिकता हुनेछ।’ साथै उनले विभिन्न सीपमुलक कार्यक्रम गरी महिलाहरुलाई स्वरोजगार बनाउन पहल गर्ने बताइन्। ‘सुरक्षित सुत्केरी कार्यक्रम अन्तर्गत घरमा सुत्केरी हुने दर घटाउनेछु’, उनी भन्छिन्, ‘गाउँका युवाहरु सबै विदेशिएर गाउँ युवा सुन्य भएको छ। युवाहरुलाई सीप सिकाएर स्वरोजगार हुन पहल गर्नेछु।’ साथै उनले आफ्नो गाउँठाउँका कला, भाषा, संस्कार, संस्कृतिको संरक्षण, विकास, प्रचार प्रसार गर्न पनि पहल गर्ने बताइन्। ‘हाम्रो गाउँमा यति धेरै कला, संस्कृति छ कि, यसको प्रचार प्रसार गर्न सके धेरै राम्रो हुन्छ भन्ने मैले बुझेको छु’, उनी भन्छिन्, ‘बाटोघाटो, शिक्षा, स्वास्थ्य शिक्षाका क्षेत्रमा पनि धेरै काम गर्नुपर्ने छ।’ सबैलाई समेटेर गाउँको सेवामा तल्लीन हुने उनले बताइन्।

राजनीति तथा समाजसेवाको क्षेत्रमा लाग्दा आफूभित्र निहित कलाकारिता मर्न नदिन पनि उनले योजना बनाएकी छिन्। ‘मलाई चिनाएकै मेरो कलाकारिताले हो, त्यसैले म जुनसुकै चुनौति सामना गरेर पनि कलाकारिता मर्न दिन्न’, उनी भन्छिन्, ‘मेरो नशानशामा गीतसंगीत बगेको छ त्यसैले यसलाई मर्न त म दिँदैदिन्न। मेसोमेलो मिलाएर यसलाई विकास गर्ने मौका पनि चुकाउँदिन।’

काठमाडौं : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले अन्तराष्ट्रिय उडान गरेको छ। बुद्धपूर्णिमाकै दिन आज कुवेतबाट उडान भरेको हो।

जजिराले आफ्नो जहाजमार्फन यात्रु ल्याई सोमबार बिहान गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो। यो सँगै मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाल एयरलायन्सको न्यारोबडीले सोमबार नै व्यावसायिक उडान भर्दैछ।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि आपत्कालीन अवस्थामा जहाज भारत वा बंगलादेश डाइभर्ट गर्नुपर्ने अवस्थाको समेत अन्त्य हुने भएको छ। काठमाडौं बाहिर र मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यसले आर्थिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा छ।

यहाँबाट उडान भर्न श्रीलंकन एयर, फ्लाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयरलगायत ११ मुलुकका कम्पनीले पनि चासो देखाएका छन्। यसअघि जेठ १४ मा नेपाल वायुसेवा निगमकै वाइडबडी विमानले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डेमोस्ट्रेसन उडान गरेको थियो।

२०७४ साल जेठमै निर्माण सक्ने गरी सुरु भएको विमानस्थल निर्माणमा करिब ३० अर्ब खर्च भएको छ। तर, पहिलो म्याद सकिएको पाँच वर्षपछि मात्रै विमानस्थल सञ्चालनमा आएको हो।

काठमाडौं । २५ सय ६६ औं बुद्ध जयन्ती आज (साेमबार) विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

लुम्बिनीमा ईसापूर्व ५४३ अर्थात् २५६६ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उहाँले ज्ञान प्राप्त गर्नुभएको थियो भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गर्नुभएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरवार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।

६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्त भएपछि भगवान् बुद्धका रुपमा उहाँले प्रसिद्धि पाउनुभयो । वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ ।

कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।

गत वर्ष पनि लकडाउन जारी गरिएकाले बुद्ध जयन्ती घरघर एवं चैत्य, गुम्बा, बिहारलगायत स्थलमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।


Last Updated on: May 17th, 2022 at 7:56 pm
८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया