आइतबार १२ आषाढ २०७९

बुधबार दिउँसाे १:४० बजेसम्मकाे देशभरको अपडेट : गणना भइरहेका पालिकाहरुमा कांग्रेस सबैभन्दा बढी २११ पालिकामा विजयी !

बुधबार दिउँसाे १:४० बजेसम्मकाे देशभरको अपडेट : गणना भइरहेका पालिकाहरुमा कांग्रेस सबैभन्दा बढी २११ पालिकामा विजयी !

 

May be an image of text that says "स्थानीय पुनाव स्थानीय निर्वाचन २०७८ पालिका प्रमुख अध्यक्ष विजयी/अग्रता २११/११३ दल कांग्रेस एमाले माओवादी जसपा १३३/६७ ९०/२९ ५/२९ एकीकुत समाजवादी ७/१४ राप्रपा लोसपा २/३ ०/૧૦ स्वतन्त्र ६/8 अन्य ९/१२ newsA"

 

काठमाडौं । २५ सय ६६ औं बुद्ध जयन्ती आज (साेमबार) विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

लुम्बिनीमा ईसापूर्व ५४३ अर्थात् २५६६ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उहाँले ज्ञान प्राप्त गर्नुभएको थियो भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गर्नुभएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरवार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।

६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्त भएपछि भगवान् बुद्धका रुपमा उहाँले प्रसिद्धि पाउनुभयो । वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ ।

कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।

गत वर्ष पनि लकडाउन जारी गरिएकाले बुद्ध जयन्ती घरघर एवं चैत्य, गुम्बा, बिहारलगायत स्थलमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।


Last Updated on: May 18th, 2022 at 2:01 pm
८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया