आइतबार १२ आषाढ २०७९

भरतपुरमा चम्किदै रेनु..,विजयलाई १९ सय ६ मतले पछि पारिन् रेणुले…

चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिले भरतपुर महानगरपालिकामा २९ हजार चार सय ४६ मत गन्दा प्रतिस्पर्धा देखिएको छ ।

२९ हजार चार सय ४६ मत गणना हुँदा भरतपुरको मेयरमा अहिले नेकपा एमालेका विजय सुवेदीलाई नेकपा माओवादीकी रेनु दाहालले १९ सय ६ मतले पछि पारेकी छिन् ।

माओवादीकी रेनुले १० हजार सात सय ४८ मत ल्याउँदा एमालेका विजयले आठ हजार आठ सय ४२ मत ल्याएका छन् । यस्तै भुईकटहर लिएर स्वतन्त्रमा उठेका जगन्नाथ पौडेललको चार हजार आठ सय ८३ त रहेको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १२ हजार आठ सय ५८ मत ल्याएका छन् भने राप्रपाका हिमला गुरुङले सात हजार एक सय ६६ मत ल्याएकी छन् ।

 

काठमाडौं : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले अन्तराष्ट्रिय उडान गरेको छ। बुद्धपूर्णिमाकै दिन आज कुवेतबाट उडान भरेको हो।

 

जजिराले आफ्नो जहाजमार्फन यात्रु ल्याई सोमबार बिहान गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो। यो सँगै मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाल एयरलायन्सको न्यारोबडीले सोमबार नै व्यावसायिक उडान भर्दैछ।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि आपत्कालीन अवस्थामा जहाज भारत वा बंगलादेश डाइभर्ट गर्नुपर्ने अवस्थाको समेत अन्त्य हुने भएको छ। काठमाडौं बाहिर र मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यसले आर्थिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा छ।

यहाँबाट उडान भर्न श्रीलंकन एयर, फ्लाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयरलगायत ११ मुलुकका कम्पनीले पनि चासो देखाएका छन्। यसअघि जेठ १४ मा नेपाल वायुसेवा निगमकै वाइडबडी विमानले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डेमोस्ट्रेसन उडान गरेको थियो।

२०७४ साल जेठमै निर्माण सक्ने गरी सुरु भएको विमानस्थल निर्माणमा करिब ३० अर्ब खर्च भएको छ। तर, पहिलो म्याद सकिएको पाँच वर्षपछि मात्रै विमानस्थल सञ्चालनमा आएको हो।


Last Updated on: May 18th, 2022 at 4:24 pm
९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया