आइतबार १२ आषाढ २०७९

कांग्रेसका यी भाईरल उम्मेदवार विजयी
काठमाडौं । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर १० का कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृत खनाल विजयी भएका छन् ।

खुट्टामा पैसा राखेर ढोगेको फोटो सामाजिक संजालमा भाईरल भएपनि उनी चर्चामा आएका थिए । उनले आफूले मतदाताको खुट्टामा पैसा राखेर ढोगेको कुरा गलत भएको पछि स्पष्टिकरण नै दिनुपरेको थियो ।

खुट्टामा पैसा राखेर मतदाता आफ्नो पक्षमा पार्न खोजेको आरोप लागेका उनी १ हजार ४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका टेकबहादुर तामाङले ९ सय ४८ मत ल्याएका छन् ।

मेलम्ची नगरपालीका वडा नम्बर १० मा नेपाली कांग्रेस एक्लै र बाँकी चार दल एमाले, राप्रपा, माओवादी र समाजवादीबीच गठबन्धन भएको थियो । खनालले घरदैलो अभियानमा फुपूले टिका लगाएर आशिर्वाद दिएपछि गोडामा पैसा राखेर ढोगेको फोटो भाइरल भएको थियो ।

विपक्षीहरुले उम्मेदवारी नै खारेज गर्नुपर्छ भनेर निर्वाचन आयोगमा उजुरी दिएका थिए । चितबुझ्दो स्पष्टीकरण दिएपछि निर्वाचन आयोगले उनीमाथि कारबाही रोकेको थियो ।

बुधबार बिहान ६ बजेसम्मको परिणामअनुसार ४०५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा सबभन्दा बढी १८५ पालिका जितेर कांग्रेस पहिलो, ११५ स्थानमा जितेर एमाले दोस्रो र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८२ स्थान जितेको छ ।

यस्तै नेकपा (एकीकृत समाजवादी) ले ६, जनता समाजवादी पार्टीले ५ स्थान जित्दा अन्यले १२ पालिकामा जित हासिल गरेका छन् । गणना बाँकी रहेका पालिकाहरुमा ठूला दलहरुले नै अग्रता लिइरहेका छन् ।

कांग्रेस १२९, एमाले ८३, माओवादी केन्द्र ३३ स्थानमा अगाडि छन् । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत वैशाख ३० गते मतदान भएको थियो ।

 

धरान उपमहानगरको मतगणना चलिरहेको छ । २७ हजार ६६६ मतको गणना सकिँदासम्म रोचक प्रतिस्पर्धा चलिरहेको छ । धरानमा पछिल्लो पटक खासगरी नेपाली कांग्रेसका किशोर राई र स्वतन्त्र उम्मेदवार हर्क साम्पाङबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ । मतगणनाको शुरुमा पहिलो र दोस्रो स्थानमा रहँदै आएका साम्पाङ केही समय तेस्रो स्थानमा रहेपनि फेरि घरि दोस्रो त घरि पहिलो स्थानमा उक्लिरहेका छन् ।

पछिल्लो परिणाम अनुसार नेपाली काङ्ग्रेसका उमेदवार राईले झिनो अग्रता लिइरहेका छन् । राईलाई स्वतन्त्र उमेदवार साम्पाङले पछ्याईरहेका छन् । काङ्ग्रेसका राईले ७ हजार ८९० मत ल्याउँदा लौरो चुनाव चिन्हमा साम्पाङले ७ हजार ८२२ मत ल्याएर ६८ मतको अग्रता लिइरहेका छन् ।

त्यसअघि राईलाई पछि पार्दै साम्पाङले अग्रता लिएका थिन् । साम्पाङले ७ हजार ७६१ मत पाउँदा किशोरले ७ हजार ७१७ मत पाएका थिए । त्यसपछि प्राप्त परिणाममा फेरि राई साम्पाङलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो ।

उपप्रमुखमा माओवादीका उमेदवार आइन्द्रबिक्रम बेघाले ८ हजार ८८६ मत ल्याउँदा एमालेका पदम लिम्बुले ८ हजार ५०८ मत पाएका छन् ।


Last Updated on: May 18th, 2022 at 5:30 pm
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया