आइतबार १२ आषाढ २०७९

अर्घाखाँचीमा दलित महिला सदस्यमा आमा छोरी नै विजयी भएका छन् ।

जिल्लाको मालारानी गाउँपालिका- ३ बाट आमा रेमकला बिक र सोही पालिका- ५ बाट उनकी छोरी अनिता बिक दलित महिला वडा सदस्यमा विजयी भएका हुन । उनीहरु आमा छोरी नै एमालेका उमेदवार भएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

नेपाली सेनाले सेती नदीको किनारमा माछा मार्ने क्रममा चप्लिएर खोंचमा परेका एकजनाको उद्धार गरेको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

नेपाली सेनाले दिएको जानकारीअनुसार प्युठानको गौमुखी गाउंपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं। १५ स्थित नयाँ गाउँ बस्ने ३२ वर्षीय विशाल थापा मगरको गत शुक्रबार उद्धार गरिएको हो।

सेनाका अनुसार माछा मार्ने क्रममा उनी नदीको खोंचमा करिब २०/२५ मिटर खसेका थिए। सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सहकार्यमा विशेष ईक्युप्मेण्टबाट रोप बनाई र्‍याप्लिङ्ग गरी उद्धार गरेको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

खोंचमा खसेका थापा मगरको दाहिने खुट्टा भाँचिएको अवस्थामा रहेको हुँदा, नेपाली सेनाको मेडिकल टिमबाट प्राथमिक उपचार गरी, थप उपचारको लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगिएको सेनाले बताएको छ।

त्यस्तै गत बिहीबार धनगढीबाट बाजुरातर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१-००१ ख ३१०८ नम्बरको यात्रु बाहक बस दुर्घटनामा परी घाइते भएका मानिसहरुलाई पनि सेनाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा उद्धार गरेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

डोटीको पूर्वीचौकी गाउंपालिका वडा नं. ४ स्थित सानागाउं ईलाका प्रहरी कार्यालयबाट करिब १०० मिटर अगाडि उक्त बस दुर्घटनामा परेको थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****


Last Updated on: May 18th, 2022 at 5:42 pm
९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया