आइतबार १७ मंसिर २०८०

काठमाडौं । उदयपुरमा सबै हैरान हुने एक घटना बाहिर आएको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

Best Car Manufacturers In The World
Brainberries

झारफुक गरी रोग निको पारिदने भन्दै गलत काम गरेको आरोपमा मंगलबार गाईघाटबाट दुई जनालाई समातिएका छन् ।

त्यहाँ आफूलाई धामी बताउने स्थानीय ३९ वर्षीय अर्जुन भन्ने चुडामणि श्रेष्ठ र आफूलाई माता बताउने ४५ वर्षीया जुना राई पक्राउ परेका हुन् ।

प्रहरी उपरीक्षक भीमबहादुर दाहालले यसको पुष्टि गर्नुभयो । २ जना बिरामी महिलासँग एक लाख रुपैयाँ नगद र सुनको औँठी ठगेको र झारफुक गर्ने भन्दै सबै कपडा खोल्न लगाएर गलत काम गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती महिलालाई जुना राईकै घरको कोठामा राखी ईश्वर र भूत लागेकोलाई उपचार गर्ने र माता उत्तार्ने भन्दै १ लाख रुपैयाँ र सुनको औंठी चाहिने भन्दै ठगी गरेको खुलेको छ ।

प्रहरी उपरीक्षक दाहालले शिवजीको रुपमा उपचार गर्न सबै कपडा खोल्नुपर्ने भन्दै गलत काम गर्ने गरिएको जानकारी दिनुभयो ।

पक्राउ गरेका दुवैलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको छ । पक्राउ परेका श्रेष्ठ र राईका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।


Last Updated on: June 4th, 2021 at 3:15 pm
१६३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया