आइतबार १२ आषाढ २०७९

काठमाडौंको मेयरमा अग्रता लिइरहेका बेला बालेन पिता बने, श्रीमतीले छोरी जन्माइन्.., शुभकामना ।

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहको जीवनमा अर्को खुसी थपिएको छ । उनी आज छोरीका पिता समेत बनेका छन् । बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी छिन् ।

मेयर उम्मेदवार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला छोरी जन्मिनुलाई शुभ संकेत भएको टिप्पणी गरे । उनका समर्थक एवं शुभचिन्तकहरुले मतगणनामा अग्रता लिइरहेको बेला छोरी जन्मुनु उनको लागि शुभ संकेत भन्दै दोहोरो बधाइ दिएका छन् । यो समाचार तयार पार्दासम्म बालेनले २२ हजार मत पाइसकेका छन् र उनको अग्रता ११ हजार भन्दा धेरै भइसकेको छ ।

काभ्रेका कञ्चन गिरिले स्थानीय तह निर्वाचन अघि विद्युत प्राधिकरणको हुँदाखाँदाको जागिर छाडिदिए ।

उनले अधिकृतस्तरको सरकारी जागिर छाड्नुको एकमात्रै कारण थियो–बनेपाको मेयर चुनाव लड्ने ।

जागिरबाट राजीनामा दिएर बनेपाको मेयरमा उम्मेदवारी दिएका उनको यतिबेला न जागिर रह्यो न त मेयर नै जित्ने अवस्था बन्यो ।

बरु उनको चुनावमा जमानत नै जफत हुनेगरी नतिजा आयो । बिहीबार बिहान सार्वजनिक मतपरिणाम अनुसार उनले मात्रै १४८ मत पाए ।

जहाँ काँग्रेसका शान्तिरत्न शाक्यले १३ हजार ७९३ मतका साथ विजय हासिल गरे भने एमालेका रत्नकुश रंजितकारले ११ हजार ८३५ मत पाएर पराजय भोगे ।

यस्तै तेस्रो स्थानमा राप्रपाका रेमण्ड कर्माचार्यले ८७६ मत पाउँदा गिरि चौथो स्थानमा रहेपनि मात्रै १४८ मत मात्र पाए । उसो त सो पालिकामा राप्रपासहित साना पार्टी र अन्य स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत हुन पुगेको छ ।


Last Updated on: May 19th, 2022 at 2:38 pm
४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया