आइतबार १२ आषाढ २०७९

मिडिया*मा बालेन साह*को छोरी जन्मिएको समाचार, श्रीमती सबिना भन्छिन्–‘हाँस्दा–हाँस्दै मर्न लागेँ’…

काठमाडौं– काठमाडौं महानगरपालकिाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहकाे दाईलाई पुत्रीलाभ भएको छ ।

बालेन शाहको दाई कौशल साह र भाउजु शिला बास्तोलालाई बिहीबार पुत्री लाभ भएको हो ।

(*यसअघि बालेनका दाई भाउजुलाई पुत्रीलाभ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ )

बिहिबार बिहानैदेखि बालेन साहकी श्रीमती सविना काफ्लेलाई फोन आएको आयै छ । कसैले छोरी पाएकोमा बधाई दिइरहेका छन् भने कसैले छोरी पाएको हो र भनेर सोधिरहेका छन् ।

आफूले छोरी पाएको भनेर मिडियामा समाचार समेत आएको देखेपछि उनले हाँसो रोक्न पनि सकेकी छैनन् । काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएर मतगणनामा अग्रता हाँसिल गरेका बालेन साहले छोरी जन्मिएको समाचार विभिन्न अनलाइन मिडियाले लेखेका छन् ।

धेरैले बालेन र सविनालाई सामाजिक सञ्जालमा बधाई पनि दिइरहेका छन् । तर वास्तविकता भने फरक रहेको छ । बालेन साहको छोरी जन्मिएको नभई उनका दाजु कौशल साहको भने छोरी जन्मिएकी हुन् । त्यो पनि आज हैन बुधबार दिउँसो छोरी जन्मिएकी हुन् ।

बालेन पत्नी सबिनाले भनिन्–‘छोरी पाएको हो भनेर फोन आएको आयै छ । मैले कहाँ छोरी पाएको हुनु । मिडियामा पनि मैले छोरी जन्माएको भनेर लेखिराछन् । कसरी समाचार लेख्छन् भनेर हाँसो लागिरहेको छ । बालेनको हैन उहाँका दाजुको हिजो छोरीको जन्म भएको हो ।’ लगातार फोन आएर आफू हैरान भएको उनको भनाइ छ ।


Last Updated on: May 19th, 2022 at 2:57 pm
१८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया