आइतबार १२ आषाढ २०७९

काठमाडौं : महोत्तरीमा मतगणना सकेर परिणाम समेत घोषणा भइसकेपछि एउटा मतपेटिकाको मत गन्नै बाँकी भएको पाइएको छ । बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को मत गणना सकेर परिणाम घोषणा भइसकेपछि मतपत्रले भरिएको र सिल नै नखोलिएको मतपेटिका भेटिएको हो ।

बर्दिबासको वडा नम्बर ८ को बेलगाछीको २ वटा बाकसमध्ये एउटा बाकसको मात्रै मत गणना भएको र अर्को छुटेको हो । छुटेको मतपेटिका अर्कै वडाका मतपेटिकाहरूसँग राखिएको पाइएको हो ।

वडा नम्बर ८ को ९ वटा मतपेटिकामध्ये ८ वटाको मात्रै मत परिणाम सार्वजनिक भएकाले अब सर्वदलीय बैठक बसी सहमति गरिनेछ । छुटेको मतपेटिकाको गणनाबाट आउने परिणाम स्वीकार्य गराएर गणना सुरु गरिने निर्वाचन कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवासको मत गणना वडा नम्बर ८ बाटै सुरु भएको थियो । निर्वाचन कार्यालय बर्दिवासले ७ सय ५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेस सिंह लामा विजयी भएको घोषणा गरिसकेको छ ।

 

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहको जीवनमा अर्को खुसी थपिएको छ । उनी आज छोरीका काका समेत बनेका छन् । बालेनका दाजु कौशल शाहकी छोरी जन्मिएकी छिन् ।

मेयर उम्मेदवार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला घरमा छोरी जन्मिनुलाई उनका समर्थक एवं शुभचिन्तकहरुले शुभ संकेत भन्दै दोहोरो बधाइ दिएका छन् । यो समाचार तयार पार्दासम्म बालेनले २२ हजार मत पाइसकेका छन् र उनको अग्रता ११ हजार भन्दा धेरै भइसकेको छ ।

*यसअघि असावधानीवश बालेनकै छोरी जन्मिएको भन्ने समाचार प्रकाशित हुन गएकोमा क्षमाप्रार्थी छौं ।


Last Updated on: May 19th, 2022 at 3:36 pm
२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया