आइतबार १४ जेठ २०८०

होम आइसोलेसनमा रहेकी श्रीमतीलाई दिनहुँ स्वास्थ्य परिक्षण गर्न नआएको भन्दै शिक्षकले स्वास्थ्यकर्मी कु टे
समाचार
June 4, 2021GoodmamLeave A CommentOn होम आइसोलेसनमा रहेकी श्रीमतीलाई दिनहुँ स्वास्थ्य परिक्षण गर्न नआएको भन्दै शिक्षकले स्वास्थ्यकर्मी कु टे
काठमाडौ । महामारीमा अग्र पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरु माथि हुने गरेका अप्रिय घटना दिनहुँ सार्वजनिक हुने गरेका छन् । महामारीमा आफ्नो ज्यान जोखिममा राखेर काम गरेका स्वास्थ्यकर्मी माथिको भएको घटनाको पछिल्लो उदाहरण हुम्लामा देखिएको छ ।

कोरोना संक्रमित श्रीमतीको उपचार गर्न नआएको भन्दै हुम्लामा एक जना शिक्षकले स्वास्थ्यकर्मी माथि हात पात गरेका छन् । होम आइसोलेसनमा रहेकी श्रीमतीलाई दिनहुँ उपचार गर्न नआएको भन्दै गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढा माथि माथि हात पात भएको हो ।

संक्रमित महिला होम आइसोलेशनमा बसेकी थिइन् । स्वास्थ्य अवस्था सामान्य रहेका कारण उनलाई होम आइसोलेसनमै राखिएको थियो । तर हाल बुझ्न भन्दै गएका स्वास्थ्य संयोजकलाई दिनहुँ किन नआएको भन्दै हात पात भएको बताइएको छ ।

चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हात पात गरेका हुन्। घटनाका बारेमा जानकारी आएको र प्रहरीलाई सत्य तत्थ्य बुझ्न जिल्ला प्रशासन कार्यालयले प्रहरी पठाएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताएका छन् ।


Last Updated on: June 4th, 2021 at 3:20 pm
३७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया