
सामाजिक संजालमा पूर्व मिस नेपाल माल्भिका सुब्बाको विरोध., चल्यो अनफलो अभियान(भिडियो सहित)
पूर्व मिस नेपाल माल्भिका सुब्बाबारे स न स नी पू र्ण खुलासा भएको छ । एकजना युवतीले उनीबारे सनसनीपूर्ण खु लासा गरेकी हुन् । युवतीले सामाजिक सञ्जालमा आफूमाथि केही वर्ष अघि ब ला त्का र भएको र त्यसबारे माल्भिका सुब्बालाई भन्दा उल्टै ह तोत्साही बनाउने गरी जवाफ पाएको आरोप लगाएकी हुन् ।
युवतीले आफू १६ वर्ष हुँदा बेहोश बनाएर एकजना ३३ वर्षका फोटोग्राफर पु रुषले ब ला त्का र गरेको खुलासा गरेकी छिन् । रातभर ब ला त्का र गरी आफ्नो नग्न तस्बिर खिचेर ब्ल्याकमेल गरेको आरोप लगाइन् ।
ब ला त्का र पछि २० हजार दिएको र धम्की दिदै ६ महिनासम्म पटक पटक सम्पर्क गरेको युवतीको भनाई छ । उनले ६ महिनापछि आफ्नो केटा साथीलाई सबै खुलाएको र युवकको कन्सल्टेन्सीमै गएर झगडा गरेको बताइन् ।
तर, भिडियोमा युवतीले आफूमाथिको अन्यायबारे पूर्व मिस नेपाल माल्भिका सुब्बालाई फोनमा बताउँदा उल्टै हप्की खाएको बताइन् । माल्भिकाले आफूलाई त्यतिबेला दिएको जवाफबारे युवतीले भनिन्,‘यो मेरो समस्या होइन तिम्रो हो किन सुनाइरहेको ?’
माल्भिकाले आफूलाई आवाज विहिनको आवाज बताउने गरेको भन्दै विगतमा आफूलाई उल्टै अ पमान गरेको आ रो प लगाइन् । उनले भनिन्,‘उनी आफूलाई किन महिलावादी भएको बताउँछिन् ?’
सुन्दरी प्रतियोगितामा आफू पनि सहभागी भएको र उक्त घ टनामा अन्यायमा पर्दा पनि साथ नपाएको बताइन् ।
महोत्तरी । ३० वैशाख २०७९ को स्थानीय तहको निर्वाचनमा रोचक रोचक दृश्यहरु देखिए । कही एक भोटको मतान्तरले जिते, हारे । कतै हारे भनेर घर पुगेका उम्मेदवार जितेको खबरले हर्षाेल्लास मनाए । जे होस् दलहरुबीचको प्रतिस्पर्धा र मत परिणाम जे जस्ता आए पनि मतगणना कार्य अन्तिम अवस्थामा पुगेको छ ।
यसरी बर्दिबास नगरपालिकाको महोत्तरी–८ मा पनि मतगणना सकिएसँगै वडाध्यक्षमा निर्वाचित भएका उम्मेदवारले कार्यकर्ता तथा स्थानीयसँग खुसी साटे । उनी हुन् नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार समसेर सिंह लामा।
वडाध्यक्षमा निर्वाचित भएपछि यत्तिकै खुसी हुने नै भयो र उनको परिचय थप थपियो । तर, उनको खुसी र परिचय थपिएको केही समयमै उनलाई निराशा बनाउने खबर आयो, ‘सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रको एउटा मतपेटिका छुटेको रहेछ, फेरि मतगणना गर्नुपर्ने भयो ।’
यो खबर बिहीबार निर्वाचन कार्यालय, महोत्तरीले गरेको थियो । वडाध्यक्षमा निर्वाचित भइसकेका सिंह सपना कि विपना छुटाउन सकेनन् । नपत्याउ निर्वाचन कार्यालयबाट फोन आएको छ । पत्याउ निर्वाचित भइसकेको घोषणा गरेपछि ‘कहाँ त्यस्तो हुन्छ ?’
तर, तीन वटा मतदान केन्द्रमध्ये आधारभूत विद्यालयको एउटा बाक्स भेटिए पछि मतगणना गरेर निर्वाचित छिनोफानो गर्नु नै पर्ने भयो । यस घटनाले आश्चर्य त बनायो नै तर त्योभन्दा बढी निर्वाचन कार्यालयको गैरजिम्मेवारी छ्यांगै देखियो ।
वडाध्यक्षमा विजयी भएका समसेरले ७५१ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्रबहादुर किङरिङ मगरले ७४४ मत ल्याएका थिए । अब गणना हुने मतले को जित्छ वा हार्छ त्यो नतिजा आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्