आइतबार १२ आषाढ २०७९

पूर्व मिस नेपाल, मोडल तथा टेलिभिजन संचालिक माल्भिका सुब्बाविरुद्ध यतिबेला सामाजिक संजाल प्रयोगकर्ता खनिएका छन्।

सामाजिक संजालमा उनले यौन दुराचारीलाई साथ दिएर पीडित महिलालाई झनै पीडा दिएको भन्दै उनको विरोध भइरहेको छ।

सार्वजनिक भिडियो अनुसार सुस्मिता रेग्मी नाम गरेकी युवतीले आफूमाथि यौनहिंसा भएको विषय माल्भिका सुब्बालाई सुनाएकी थिइन्। माल्भिका महिला हिंसाको विषयमा सशक्त रुपमा प्रस्तुत हुँदै आएकी छिन्।

तर ती महिलालाई भने माल्भिकाले सहयोग नगरेको उनको गुनासो रहेको छ। आफूलाई यो विषयमा कुनै चासो नभएको माल्भिकाले उत्तर दिएको ती पीडित भनिएकी महिलाको भनाइ छ

सुस्मिताले आफ्नो टिकटक तथा इन्स्टाग्राममा माल्भिकाले असहयोग गरेको विषय र कसरी यौन हिंसामा परिन् भनेर खुलाएकी छिन्।

यतिबेला माल्भिकालाई टिकटक, युट्युब र फेसबुकमा तुच्छ भाषामा आलोचना गर्न थालिएको छ।

उनलाई सामाजिक संजालमा अनफलो गर्नुपर्छ भन्ने अभियान नै सुरुवात भएको छ।

भरतपुर महानगरपालिकामा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ। महानगरपालिकाले जोखिममा परेका ‘महिलासँग मेयर’ कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दुई वर्षअघिदेखि सुरु गरिएको कार्यक्रमअन्तर्गत यस पटक भरतपुरका वडा नं १८, १९ र २० का आठ विद्यालयका ६० छात्रालाई साइकल वितरण गरिएको हो। महानगरपालिकाको सामाजिक महाशाखाका अनुसार महानगरले हालसम्म ५२४ छात्रालाई साइकल प्रदान गरिसकेको छ।

विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताए।

महानगरले यस वर्ष १० वडाका २०० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ। बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने उनले बताए। एक समारोहका बीच महानगर प्रमुख दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्तरुपमा पश्चिम चितवनको भीमनगर माविबाट साइकल वितरण गरेको थियो।

सो अवसरमा प्रमुख दाहालले विकासको गतिले अगाडि बढेको भरतपुरमा शैक्षिक सुधारका लागि स्थानीय सरकारले गर्नुपर्ने शैक्षिक सुधारकै कारण पाँच हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा बढेको जानकारी दिए। उनले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताए।उनकाअनुसार महानगरभित्रका सरकारी विद्यालयको शैक्षिकस्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको छ। उपप्रमुख ठकुरीले विपन्न परिवारका छात्रालाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्रालाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताए।

उनले महानगरले छात्रालाई नै लक्षित गरी निःशुल्करुपमा सेनेटरी प्याड वितरणदेखि स्कुल बस प्रदानसहितका शैक्षिक सुधारका आधा दर्जन बढी काम गरेको बताए। महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरको शैक्षिक सुधार नीतिले यहाँ शैक्षिक आर्कषण बढेको बताए।*


Last Updated on: May 19th, 2022 at 7:00 pm
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया