
जित्ने आशा अझै छ, हामीले वडामा गुड फाइट गरिरहेका छौं : सिर्जना सिंह
काठमाडौं – काठमाडौं महानगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेदवार सिर्जना सिंहले चसनाव जित्ने आशा मरिनसकेको बताउँदै मत बाँडिएकोमा भने ‘अचम्म’ लागेको बताएकी छिन् ।
मतगणनास्थल राष्ट्रियसभा पुगेकी सिंहले संचारकर्मीसँग कुरा गर्दै आफ्नो पक्षमा आएको एक भोटको पनि सम्मान गर्ने बताइन् । ‘के कारणले मत बाँडियो भन्नेमा हामीलाई पनि अचम्मै लागिरहेको छ । हामी हेर्दैछौं,’ उनले भनिन्, ‘अझ बाँकी भएको कारणले राम्रो हुन्छ भन्नेमा विश्वस्त छौं ।’
अहिलेसम्मको परिणामलाई सहज रुपमा लिएको बताउँदै उनले मेयरमा जित्नेमा आशावादी रहेको बताइन् । ‘मैले परिणामलाई सहज रुपमै लिएको छु । म एक भोटको पनि सम्मान गर्छु’ सिंहले भनिन्, ‘सबै गणना भइसकेपछि मात्र बोल्छौं । अहिले नै बोल्दा अलि हतार हुन्छ । सकिएको वडामा यो भन्दा राम्रो आउनपथ्र्यो भन्ने हामीलाई लागेको छ ।’
वडा र मेयरमा के कारणले मत बाँडियो त ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले भनिन्, ‘के कारणले मत बाँडियो भन्नेमा हामीलाई पनि अचम्मै लागिरहेको छ । हामी हेर्दैछौं । अझ बाँकी भएको कारणले राम्रो हुन्छ भन्नेमा विश्वस्त छौं । जित्ने आशा अझै छ ।’
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा लगभग जित्ने निश्चितताका साथ बसेकी छिन, नेकपा (एमाले)बाट काठमाडौँको उपमेयरको उम्मेदवार बनेकी सुनिता डंगोल।
पहिले स्वतन्त्र उम्मेदवारको रुपमा मेयरमा उठ्ने घोषणा गरेकी डंगोललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एकाएक सूर्य चिह्नबाट उपमेयरमा लडाउने निर्णय सुनाएपछि उनको बेग्लै लहर चल्यो।
अन्ततःउनी जितको नजिक पुगेकी छिन्। योसँगै यतिबेला डंगोलका बारेमा केही पारिवारिक कुरा समेत चासोमा पर्न थालेका छन्, जसमध्ये एउटा हो विवाह।
सुनिताले उपमेयरको जिम्मेवारी सम्हालेलगत्तै लगनगाँठो कस्ने सुरसार भइरहेको जनआस्थाले जनाएको छ।
पारिवारिका स्रोतका अनुसार काठमाडौंको रैथाने नेवार समुदायकी हँसिली सुनिताले वीरगञ्ज पुख्र्यौली घर भएका एक जना नेवार समुदायका साउण्ड इञ्जिनियरसँग जीवन बिताउने योजना बनाएकी छन्।
उनी ३/४ वर्षदेखि उनै इञ्जिनियरसँग ‘इन्गेज्ड’ थिइन्। सिनेमा र फोटोग्राफीमा रुचि राख्ने सशांक श्रेष्ठले भर्खर स्नातकोत्तर सकाएका छन्। आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका परिवारले सबै तयारी अघि बढाएका हुन्।
नेपाल वायुसेवा निगमकी पूर्वकर्मचारी रश्मी श्रेष्ठ सुनिताकी हुनेवाला सासू हुन्। गौरी प्रधान नेतृत्वको बाल मजदुर सरोकार केन्द्र (सिविन) मा कार्यरत वीरगञ्जका सुवोध श्रेष्ठ उनका भावी ससुरा हुन्।