आइतबार १२ आषाढ २०७९

बधाई छ: सगरमाथा आरोहण गरेर काठमाडौं फर्किए गायक राजु लामा (भिडियो सहित)

काठमाडौँ :  गायक राजु लामा सगरमाथा आरोहण गरेर काठमाडौं फर्किएका छन्। उनीसहित २७ जनाको आरोही टोली जेठ २ गते सगरमाथाको चुचुरोमा पुगेका थिए।

सगरमाथाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूलाई नेपाली हुनुमा गर्व लागेको बताए।

उनले भने, ‘सगरमाथाको चुचुरोमा पुग्दा मलाई यति गर्व भयो कि हामी यस्तो सुन्दर देशमा छौं। नेपालमा सबैभन्दा ठूलो र राम्रो हिमाल छ। त्यो सगरमाथामा मैले पनि पाइला टेक्ने अवसर पाएँ ।’

गायक लामाले सोमबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन् ।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन सर्वोच्च शिखर चढेका लामाले सगरमाथाको ६,५७४ मिटर उचाइमा एकल कन्सर्टसमेत गरेर कीर्तिमान बनाएका छन् । यो नै विश्वकै उच्च स्थानमा गरिएको कन्सर्ट हो ।

इम्याजिन नेपाल एक्सपिडिसनले बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्ममा आफ्नो टिमका सबै जना सगरमाथाको चुचुरोमा पुगेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

इम्याजिन नेपाल एक्सपिडिसनका तर्फबाट २७ जनाले सगरमाथा चुमेका छन् । आरोहण दलको नेतृत्व मिङ्मा जीले गरेका थिए । उनले भने अक्सिजनबिनै चुचुरो चढेको जनाइएको छ ।

इम्याजिन नेपाल एक्सपिडिसन ग्रुपमा नेपाल, चीन, अष्ट्रेलिया, रुस लगायतका आरोही सहभागी छन् ।

बधाई छ: सगरमाथा आरोहण गरेर काठमाडौं फर्किए गायक राजु लामा (भिडियो सहित)

 

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा लगभग जित्ने निश्चितताका साथ बसेकी छिन, नेकपा (एमाले)बाट काठमाडौँको उपमेयरको उम्मेदवार बनेकी सुनिता डंगोल।

पहिले स्वतन्त्र उम्मेदवारको रुपमा मेयरमा उठ्ने घोषणा गरेकी डंगोललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एकाएक सूर्य चिह्नबाट उपमेयरमा लडाउने निर्णय सुनाएपछि उनको बेग्लै लहर चल्यो।

अन्ततःउनी जितको नजिक पुगेकी छिन्। योसँगै यतिबेला डंगोलका बारेमा केही पारिवारिक कुरा समेत चासोमा पर्न थालेका छन्, जसमध्ये एउटा हो विवाह।

सुनिताले उपमेयरको जिम्मेवारी सम्हालेलगत्तै लगनगाँठो कस्ने सुरसार भइरहेको जनआस्थाले जनाएको छ।

पारिवारिका स्रोतका अनुसार काठमाडौंको रैथाने नेवार समुदायकी हँसिली सुनिताले वीरगञ्ज पुख्र्यौली घर भएका एक जना नेवार समुदायका साउण्ड इञ्जिनियरसँग जीवन बिताउने योजना बनाएकी छन्।

उनी ३/४ वर्षदेखि उनै इञ्जिनियरसँग ‘इन्गेज्ड’ थिइन्। सिनेमा र फोटोग्राफीमा रुचि राख्ने सशांक श्रेष्ठले भर्खर स्नातकोत्तर सकाएका छन्। आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका परिवारले सबै तयारी अघि बढाएका हुन्।

नेपाल वायुसेवा निगमकी पूर्वकर्मचारी रश्मी श्रेष्ठ सुनिताकी हुनेवाला सासू हुन्। गौरी प्रधान नेतृत्वको बाल मजदुर सरोकार केन्द्र (सिविन) मा कार्यरत वीरगञ्जका सुवोध श्रेष्ठ उनका भावी ससुरा हुन्।


Last Updated on: May 19th, 2022 at 9:16 pm
९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया