आइतबार १२ आषाढ २०७९

आज छुट्ने भनिएका पल शाहको मुद्दाको सुनुवाइ एक्कासी किन रोकियो ? हेर्नुहोस पुरा भिडियो

पोखरा । नायक पल शाहको मुद्दाको अनुसन्धान कहाँ पुग्यो भन्ने चासो आम जनता र उनका प्रशंसकहरुलाई छ ।

इक नाबालिकामाथि जबरजस्ती गरेको अभियोग लागेपछि समातिएका पलको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको छ ।

उच्च अदालत पोखराका रजिस्टार श्रीलाल पौडेलका अनुसार पलको मुद्धा अब अर्को हप्ता बिहीबार सुनुवाइ हुनेछ ।

आज सुनुवाईको तयारी गरिएको मुद्धा पलकै वकिल देवेन्द्रनाथ खनालले हटाएको र अर्को हप्ता फेरि सुनुवाइ गर्ने तयारी गरिएको स्रोतले जनाएको छ ।

उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासमा परेको थियो ।

आज छुट्ने भनिएका पल शाहको मुद्दाको सुनुवाइ एक्कासी किन रोकियो ? हेर्नुहोस पुरा भिडियो

काठमाडौं ।

काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेनले मतगणनामा अग्रता हाँसिल गरिरहेका बेला उनको घरमा छोरीको रुपमा लक्ष्मीको आगमन भएसँगै बालेनका सर्मथकहरुमा खुशीयाली छाएको छ ।

खासमा बालेन साहको छोरी बुधबार जन्मिएकी हुन् । खासमा छोरी बालेनको दाजु कौशकी हुन् । बालेनले नै छोरी पाएको भन्ने खबर फैलिएपछि बालेन साहकी श्रीमती सविना काफ्लेले भनिन् ‘छोरी पाएको हो भनेर फोन आएको आयै छ । मैले छोरी पाएको होइन् । बालेनको हैन उहाँका दाजुको हिजो छोरीको जन्म भएको हो ।’

छोरी जन्मिएको खबरले धेरैले बालेन र सविनालाई सामाजिक सञ्जालमा बधाई पनि दिइरहेका छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका मेयरका उम्मेदवार बालेन्द्र साह९बालेन०ले अग्रता कायमै राखेका छन् ।

यो समाचार तयार पार्दासम्म बोलेनले बालेनले २२ हजार ८ सय ४२ मत पाएका छन् । गठवन्धनको तर्फबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी र्सिजना सिंहले दश हजार नौ सय ८६ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७ सय ६९ मत पाएका छन् । बालेनले स्थापित भन्दा ११ हजार ७३ मत बढी पाएका छन् ।


Last Updated on: May 19th, 2022 at 10:02 pm
१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया