आइतबार १२ आषाढ २०७९

बालेनले छोरी पाएको समाचार भाइरल बनेपछि यस्तो प्रतिक्रिया दिइन् श्रीमती सविनाले हेर्नुहोस…

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेनले मतगणनामा अग्रता हाँसिल गरिरहेका बेला उनको घरमा छोरीको रुपमा लक्ष्मीको आगमन भएसँगै बालेनका सर्मथकहरुमा खुशीयाली छाएको छ ।

खासमा बालेन साहको छोरी बुधबार जन्मिएकी हुन् । खासमा छोरी बालेनको दाजु कौशकी हुन् ।

बालेनले नै छोरी पाएको भन्ने खबर फैलिएपछि बालेन साहकी श्रीमती सविना काफ्लेले भनिन् ‘छोरी पाएको हो भनेर फोन आएको आयै छ । मैले छोरी पाएको होइन् । बालेनको हैन उहाँका दाजुको हिजो छोरीको जन्म भएको हो ।’

छोरी जन्मिएको खबरले धेरैले बालेन र सविनालाई सामाजिक सञ्जालमा बधाई पनि दिइरहेका छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका मेयरका उम्मेदवार बालेन्द्र साह९बालेन०ले अग्रता कायमै राखेका छन् ।

यो समाचार तयार पार्दासम्म बोलेनले बालेनले २२ हजार ८ सय ४२ मत पाएका छन् । गठवन्धनको तर्फबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी र्सिजना सिंहले दश हजार नौ सय ८६ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७ सय ६९ मत पाएका छन् । बालेनले स्थापित भन्दा ११ हजार ७३ मत बढी पाएका छन् ।

 

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा लगभग जित्ने निश्चितताका साथ बसेकी छिन, नेकपा (एमाले)बाट काठमाडौँको उपमेयरको उम्मेदवार बनेकी सुनिता डंगोल।

पहिले स्वतन्त्र उम्मेदवारको रुपमा मेयरमा उठ्ने घोषणा गरेकी डंगोललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एकाएक सूर्य चिह्नबाट उपमेयरमा लडाउने निर्णय सुनाएपछि उनको बेग्लै लहर चल्यो।

अन्ततःउनी जितको नजिक पुगेकी छिन्। योसँगै यतिबेला डंगोलका बारेमा केही पारिवारिक कुरा समेत चासोमा पर्न थालेका छन्, जसमध्ये एउटा हो विवाह।

सुनिताले उपमेयरको जिम्मेवारी सम्हालेलगत्तै लगनगाँठो कस्ने सुरसार भइरहेको जनआस्थाले जनाएको छ।

पारिवारिका स्रोतका अनुसार काठमाडौंको रैथाने नेवार समुदायकी हँसिली सुनिताले वीरगञ्ज पुख्र्यौली घर भएका एक जना नेवार समुदायका साउण्ड इञ्जिनियरसँग जीवन बिताउने योजना बनाएकी छन्।

उनी ३/४ वर्षदेखि उनै इञ्जिनियरसँग ‘इन्गेज्ड’ थिइन्। सिनेमा र फोटोग्राफीमा रुचि राख्ने सशांक श्रेष्ठले भर्खर स्नातकोत्तर सकाएका छन्। आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका परिवारले सबै तयारी अघि बढाएका हुन्।

नेपाल वायुसेवा निगमकी पूर्वकर्मचारी रश्मी श्रेष्ठ सुनिताकी हुनेवाला सासू हुन्। गौरी प्रधान नेतृत्वको बाल मजदुर सरोकार केन्द्र (सिविन) मा कार्यरत वीरगञ्जका सुवोध श्रेष्ठ उनका भावी ससुरा हुन्।


Last Updated on: May 19th, 2022 at 10:20 pm
५९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया