आइतबार १२ आषाढ २०७९

कुटाइ खाएर अस्पताल*मा र कुटेको आरोपमा हिरासत*मा रहेका उम्मेदवारको मत बराबर.,गोलाप्रथा*बाट कुटाइ खानेले जिते

काठमाडौं : धादिङको निलकण्ठ नगरपालिकाको वडा नम्बर ६ को वडाध्यक्षको छिनोफानो गोलाप्रथाबाट गर्नुपरेको छ । कांग्रेस र माओवादीका उम्मेदवारको मत बराबर आएपछि गोलाप्रथा गर्नुपरेको हो ।

कांग्रेसका भूपेन्द्रकुमार श्रेष्ठ र माओवादी केन्द्रका लक्ष्मण रम्तेलको मत बराबर आएपछि गोलाप्रथा गर्दा कांग्रेसका श्रेष्ठले जितेका हुन् । दुवैको बराबर ७३८ मत आएको थियो । तर, मत बराबरी हुँदा गर्दा दुवै मतगणनास्थलमा थिएनन् । कांग्रेसका श्रेष्ठ घाइते अवस्थामा अस्पतालमा छन् र माओवादीका रम्तेल कुटेको आरोपमा प्रहरी हिरासतमा छन् ।

गत वैशाख २९ गते राति मौन अवधिमा समयमा झडप हुँदा वडा अध्यक्षका उम्मेदवार श्रेष्ठ घाइते भएका थिए। उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । घटनापछि कांग्रेसले माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको उजुरी गरेपछि माओवादी रम्तेल पक्राउ परेका थिए । उनी हिरासतमा छन् ।

मतगणनास्थलमा दुवै उम्मेदवार नभएपछि माओवादीका उम्मेदवारलाई सुरक्षा निकायको अनुमतिमा ल्याइएको थियो । कांग्रेसका श्रेष्ठले भने आफ्नो अधिकार आफ्ना प्रतिनिधिलाई दिएका थिए ।

यी दुवै उम्मेदवारले भोट भने हालेका थिए । माओवादीका रम्तेल वैशाख ३० गते भोट हालेपछि पक्राउ परेका थिए। घाइते श्रेष्ठ एम्बुलेन्समा चढेर भोट हाल्न आएका थिए र भोट हालेपछि अस्पताल फर्किएका थिए।

 

काठमाडौं ।

काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेनले मतगणनामा अग्रता हाँसिल गरिरहेका बेला उनको घरमा छोरीको रुपमा लक्ष्मीको आगमन भएसँगै बालेनका सर्मथकहरुमा खुशीयाली छाएको छ ।

खासमा बालेन साहको छोरी बुधबार जन्मिएकी हुन् । खासमा छोरी बालेनको दाजु कौशकी हुन् । बालेनले नै छोरी पाएको भन्ने खबर फैलिएपछि बालेन साहकी श्रीमती सविना काफ्लेले भनिन् ‘छोरी पाएको हो भनेर फोन आएको आयै छ । मैले छोरी पाएको होइन् । बालेनको हैन उहाँका दाजुको हिजो छोरीको जन्म भएको हो ।’

छोरी जन्मिएको खबरले धेरैले बालेन र सविनालाई सामाजिक सञ्जालमा बधाई पनि दिइरहेका छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका मेयरका उम्मेदवार बालेन्द्र साह९बालेन०ले अग्रता कायमै राखेका छन् ।

यो समाचार तयार पार्दासम्म बोलेनले बालेनले २२ हजार ८ सय ४२ मत पाएका छन् । गठवन्धनको तर्फबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी र्सिजना सिंहले दश हजार नौ सय ८६ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७ सय ६९ मत पाएका छन् । बालेनले स्थापित भन्दा ११ हजार ७३ मत बढी पाएका छन् ।


Last Updated on: May 19th, 2022 at 10:37 pm
१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया