शनिबार ११ आषाढ २०७९

स्थानीय तह निर्वाचनमा घिस्रिएर मतदान गर्न बाध्य अपाङ्गता भएका तीन जनालाई बेलायत बस्दैआएकी समाजसेवी इशा गुरुङले ह्वील चेयर पठाइदिएकी छिन् ।

नेपालगञ्ज २० स्थित आदर्श माविको मतदान केन्द्रमा अपाङ्गता भएको व्याक्तिहरुका लागि विशेष व्यवस्था गरिएको थिएन् । अपाङ्गता भएका व्याक्तिहरुले घस्रिदै मतदान गर्नुपरेको तस्वीर र भिडियोसहितको समाचार शिलापत्रले सबैभन्दा पहिले प्रकाशन तथा प्रसारण गरेको थियो ।

मतदान केन्द्र साघुँरो भएकोभन्दै ह्वील चेयर भित्र लैजान नदिएपछि भोट दिन गएका अपाङ्गता भएका व्याक्तिले सास्ती ब्यहोरेर मतदान गर्नुपरेको थियो । समाचार प्रकाशनपछि मतदान अधिकृतले अपाङ्गता भएका व्यक्तिका लागि केही सहज व्यवस्था मिलाएका अपाङ अधिकारकर्मी सीता बोहोराले बताइन् ।

अपाङ्गता भएका ती व्यक्तिलाई ह्वील चेयर पठाएकी समाजसेवी गुरुङले भोट हाल्न जाँदा पनि घिस्रिदै जानुपरेको देख्दा दुःख लागेकाले आफूले सहयोग गरेको बताएकी छिन् । ‘उहाँहरू भोट हाल्न जाँदा भुइँमा घिस्रिर्दै जानु भएको देखेपछि मैले ३ वटा ह्वील चेयरको व्यवस्था मिलाएँ । उहाँहरूको मुस्कान देखेर धेरै खुशी लागेको छ’, उनले भनिन् ।

डोटी : डोटीका स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले बिहीबार जिल्ला न्यायाधीश एवं प्रमुख निर्वाचन अधिकृतबाट सपथ ग्रहण गरेका छन्।

आफूले सफथ लिएपश्चात आ–आफ्नो पालिकामा उपप्रमुख लगायत अन्य निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ खुवाउने र पदभार ग्रहण गर्ने काम भइरहेको छ।

पदभार सम्हाल्दै विभिन्न निर्णयहरु पनि गरेका छन्। शुक्रबार पदभार ग्रहण गर्दै दिपायल सिलगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बाजिसिं खड्काले नगरभित्रका सुत्केरी महिलाहरुका लागि एम्बुलेन्स सेवा निःशुल्क गराउने र नगरभित्र सुविधासम्पन्न खेल मैदान निर्माण गर्ने निर्णय गरेका छन्।

आदर्श गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेशबहादुर खड्काले पालिकाभित्रका जेष्ठ नागरिक, महिला स्वयंसेविका, सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र गाउँपालिकाभित्रका गरिब परिवारको पहिचान गरी उनीहरुका छोरा छोरीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरेका छन्।

शिखर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख दीर्घबहादुर बलायरले पदभार ग्रहण पश्चात नगरका कर्मचारीहरुलाई निर्देशन दिँदै सूचनाको कार्यान्वयनमा जोड दिन र कार्यालय समयमा सरकारी पोशाक अनिवार्य लगाउन भनेका छन्। उनले नगरपालिकाका हरेक सार्वजनिक सूचनाहरु जनताले सहजै भेटाउने गरी स्मार्ट एप संचालन र सबै वडाका डाटा वेबसाईटमा अनिवार्य राख्न आग्रह गरे।

सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीलगायतका नवनिर्वाचित जनप्रतिनिधिहरुले समेत पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै अध्यक्ष जोशीले गाउँपालिकाभित्रका सुत्केरी महिलाहरुका लागि एम्बुलेन्स सेवा निःशुल्क गराउने निर्णय गरेका छन्।

केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले पदभार ग्रहण गर्दै गाउँपालिका भित्रको स्वास्थ्य उपचारमा विशेष जोड दिने र गाउँमा बिशेषज्ञ चिकित्सकिय सेवा संचालन गर्ने निर्णय गरेका छन्।

डोटीका सबैजसो स्थानीय तहका नवनिर्वाचित प्रमख तथा अन्य जनप्रतिनिधिहरुले आजै पदभार ग्रहण गरिरहेका छन्।

नेपाली सेनाले ‘सफा हिमाल अभियान, २०२२’ अन्तर्गत चारवटा हिमालबाट ३० हजार ३४४ केजी फोहोर संकलन गरेको छ । सेनाले गत चैत २२ गतेदेखि जेठ ५ गतेसम्मको अवधिमा सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालबाट उक्त मात्रामा फोहोर संकलन गरेको हो । सेनाका अनुसार सगरमाथा र ल्होत्सेबाट ९ हजार ९३२ केजी, कञ्चनजंघाबाट १५ हजार ३७३ केजी र मनास्लुबाट ५ हजार ३९ केजी फोहोर संकलन गरिएको छ ।

संकलन गरिएको कुल फोहोरमध्ये ५ हजार २६६ केजी सड्ने तथा कुहिने खालको छ भने २५ हजार ७८ केजी नकुहिने खालको रहेको नेपाली सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले ‘सफा हिमाल अभियान, २०२२’ सुरु गरिएको सेनाले जनाएको छ ।

फोहर संकलनको अलवा हिमालको वेश क्याम्पहरुमा खटिएका सेनाका डाक्टर अधिकृतहरुले आरोहणको लागि आउने स्वदेशी तथा विदेशी गैह्र सैनिक व्यक्तिहरुलाई परामर्श दिुनका साथै स्वास्थ्य सेवा प्रदान गरिरहेको पनि बताइएको छ ।

‘कुनै पनि सञ्चार माध्यमको पहुँच नभएको कञ्चनजंघा आधार शिविर इलाकामा आरोहणको लागि आउने स्वदेशी तथा विदेशी गैह्र सैनिक नागरिकहरुलाई घर परिवार तथा आफन्तहरुसँग सम्पर्क गर्नको निमित्त, नेपाली सेनाले, सफा हिमाल अभियान अवधिभरको लागि टेलिफोन सेवा उपलव्ध गराईरहेको व्यहोरा समेत जानकारी गराईन्छ,’ सेनाले विज्ञप्तिमा भनेको छ ।


Last Updated on: May 21st, 2022 at 3:37 pm
७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया