आइतबार १२ आषाढ २०७९

रौतहट — मतपरिणाम नै गलत सुनाएपछि रौतहटको गुजरा नगरपालिकाको मतगणना शनिबार दिउँसोबाट रोकिएको छ । अन्तिम चरणमा पुगेको मतगणना निर्वाचन अधिकृतको लापरबाहीले रोकिएको हो ।

अहिले मतगणनास्थलबाहिर उम्मेदवार रसमर्थक नाराबाजीसहित धर्नामा बसेका छन् । उनीहरुले सुरुदेखि मत गन्नु पर्ने माग अघि सारेका छन् ।

मतगणनामा खटिएका इलाका प्रशासन गरुडाका कर्मचारी उपेन्द्र साहले जसपाका नगरप्रमुखका उम्मेदबार शन्तलाल चौधरीको छाता छाप र वडा नम्बर ५ का स्वतन्त्र उम्मेदवार शेख जमालुद्धीनले पाएको मत परिणाम गलत सुनाएपछि विवाद बढेको हो । मतगणनामा बसेका दलका प्रतिनिधिले राखेको तथ्यांक र सार्वजनिक गरिएको मत फरक भएपछि विवाद उत्पन्न भएको हो ।

निर्वाचन अधिकृत बद्रीनारायण शर्माले आफू खाना खान गएको बेला कर्मचारीले मतपरिणाम सुनाएको र त्यसमा त्रुटि भएको बताए । ‘हामीले मत गन्दाको अंक र सुनाइएको अंकमा कसरी फरक पर्न गयो भन्ने हेर्दैछौं,’ उनले भने,‘खाना खान गाएको बेला यता गडबड भएछ ।’

निर्वाचन अधिकृतले मतपरिणाम हेरेर मात्र सार्वजनिक गर्न निर्देशन दिनु पर्छ । कर्मचारीलाई मतपरिणाम जाँचेर निर्वाचन अधिकृतले हस्ताक्षर गरेपछि मात्र सुनाउनुपर्छ । निर्वाचन अधिकृतको लापरबाही देखिएको एमालेका नगरप्रमुखका उम्मेदवार शेख एकरामुलले बताए ।

‘हामीलाई अब शंका लाग्न थाल्यो,उनले भने,‘अंक बढाउने र घटाउने काम कर्मचारीबाट हुन थाल्यो । अघिका गणना भएको मत निष्पक्ष भन्नेमा शंका छ । अब निष्पक्ष मतगणना हुन्छ भनेर कसरी विश्वास गर्ने ।’ अहिले नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीले सुरुदेखि मत गन्नु पर्ने माग अघि सारेर आन्दोलन थालेका छन् । उनीहरूले निर्वाचन अधिकृत शर्मालाई हटाउन माग गरेका छन् । ५ र ६ नम्बर वडाको मत अझै गन्न बाँकी छ ।

जिल्ला प्रशासन कार्यालय गौरका नायब सुब्बा अधिकृत रामनरेश साहले कर्मचारीबाट तथ्यांक राख्ने क्रममा त्रुटि भएको स्विकारे । ‘मतपरिणाम सार्वजनिक गर्नु अगावै क्रस चेक गरेर मात्रै सुनाउनुपर्थ्यो,’ उनले भने, ‘कर्मचारी साथीहरू जे मन लाग्यो त्यही गरेर विवादमा पर्न थाले ।’ मतगणनामा त्रुटि हुन थालेको र पटक–पटक मतपरिणामको अंक फरक पार्न थालेको गुनासोपछि प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले साहलाई निगरानीका लागि पठाएका थिए ।

डोटी : डोटीका स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले बिहीबार जिल्ला न्यायाधीश एवं प्रमुख निर्वाचन अधिकृतबाट सपथ ग्रहण गरेका छन्।

आफूले सफथ लिएपश्चात आ–आफ्नो पालिकामा उपप्रमुख लगायत अन्य निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ खुवाउने र पदभार ग्रहण गर्ने काम भइरहेको छ।

पदभार सम्हाल्दै विभिन्न निर्णयहरु पनि गरेका छन्। शुक्रबार पदभार ग्रहण गर्दै दिपायल सिलगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बाजिसिं खड्काले नगरभित्रका सुत्केरी महिलाहरुका लागि एम्बुलेन्स सेवा निःशुल्क गराउने र नगरभित्र सुविधासम्पन्न खेल मैदान निर्माण गर्ने निर्णय गरेका छन्।

आदर्श गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेशबहादुर खड्काले पालिकाभित्रका जेष्ठ नागरिक, महिला स्वयंसेविका, सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र गाउँपालिकाभित्रका गरिब परिवारको पहिचान गरी उनीहरुका छोरा छोरीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरेका छन्।

शिखर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख दीर्घबहादुर बलायरले पदभार ग्रहण पश्चात नगरका कर्मचारीहरुलाई निर्देशन दिँदै सूचनाको कार्यान्वयनमा जोड दिन र कार्यालय समयमा सरकारी पोशाक अनिवार्य लगाउन भनेका छन्। उनले नगरपालिकाका हरेक सार्वजनिक सूचनाहरु जनताले सहजै भेटाउने गरी स्मार्ट एप संचालन र सबै वडाका डाटा वेबसाईटमा अनिवार्य राख्न आग्रह गरे।

सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीलगायतका नवनिर्वाचित जनप्रतिनिधिहरुले समेत पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै अध्यक्ष जोशीले गाउँपालिकाभित्रका सुत्केरी महिलाहरुका लागि एम्बुलेन्स सेवा निःशुल्क गराउने निर्णय गरेका छन्।

केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले पदभार ग्रहण गर्दै गाउँपालिका भित्रको स्वास्थ्य उपचारमा विशेष जोड दिने र गाउँमा बिशेषज्ञ चिकित्सकिय सेवा संचालन गर्ने निर्णय गरेका छन्।

डोटीका सबैजसो स्थानीय तहका नवनिर्वाचित प्रमख तथा अन्य जनप्रतिनिधिहरुले आजै पदभार ग्रहण गरिरहेका छन्।


Last Updated on: May 21st, 2022 at 6:08 pm
९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया