आइतबार ०७ आश्विन २०८०

खाद्यवस्तु ग्याँसमा सरकारले छुट दिने भएपछि उपभाेक्ताकाे भीड
June 4, 2021 4
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडाैं, जेठ २१ गते । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएपछि यसका विक्री केन्द्रहरूमा ग्राहक काे भीड लागेकाे छ । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो ।

नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा ती कम्पनीका प्रमुख बीच भएको छलफलपछि उक्त निर्णय कार्यान्वयनमा आएको जनाइएको छ । यो योजना निषेधाज्ञा अवधिसम्म मात्रै लागू हुनेछ । गत वर्षको बजेटमा पनि दुई कम्पनीले वितरण गर्ने खाद्यान्नमा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

दुई सरकारी कम्पनीले हाल चामल, दाल, चिनी, नुन, गेडागुडी, तेल र एसटीसी ग्यासलगायतका सामान बेच्दै आएका छन् । खाद्य कम्पनीले छ प्रकारका चामल र कर्णालीको सिमीमा सरकारले तोकेको २० प्रतिशत छुट दिनेछ। साल्ट ट्रेडिङले पाँच जनासम्मको परिवारका लागि ग्यास ९एसटीसी० एउटा, चिनी दुई केजी र नुन दुई केजी, भटमास तेल एक लिटर, दुई केजीको पिठोमा छुट दिनेछ ।

खाद्य कम्पनीका कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले सरकारले बजेटमार्फत दिने भनेको छुट योजनाअनुसार कम्पनीले शुक्रबारदेखि नै चामल र कर्णालीको सिमी बिक्री गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार कम्पनीले सोना मन्सुली चामल, जिरा मसिनो स्टिम, स्टिम रज्जित, मध्यम मकवानपुरे चामल र कर्णालीको सिमीमा छुट दिनेछ ।काठमाडाैं, जेठ २१ गते । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएपछि यसका विक्री केन्द्रहरूमा ग्राहक काे भीड लागेकाे छ । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो ।

नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा ती कम्पनीका प्रमुख बीच भएको छलफलपछि उक्त निर्णय कार्यान्वयनमा आएको जनाइएको छ । यो योजना निषेधाज्ञा अवधिसम्म मात्रै लागू हुनेछ । गत वर्षको बजेटमा पनि दुई कम्पनीले वितरण गर्ने खाद्यान्नमा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

दुई सरकारी कम्पनीले हाल चामल, दाल, चिनी, नुन, गेडागुडी, तेल र एसटीसी ग्यासलगायतका सामान बेच्दै आएका छन् । खाद्य कम्पनीले छ प्रकारका चामल र कर्णालीको सिमीमा सरकारले तोकेको २० प्रतिशत छुट दिनेछ। साल्ट ट्रेडिङले पाँच जनासम्मको परिवारका लागि ग्यास ९एसटीसी० एउटा, चिनी दुई केजी र नुन दुई केजी, भटमास तेल एक लिटर, दुई केजीको पिठोमा छुट दिनेछ ।

खाद्य कम्पनीका कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले सरकारले बजेटमार्फत दिने भनेको छुट योजनाअनुसार कम्पनीले शुक्रबारदेखि नै चामल र कर्णालीको सिमी बिक्री गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार कम्पनीले सोना मन्सुली चामल, जिरा मसिनो स्टिम, स्टिम रज्जित, मध्यम मकवानपुरे चामल र कर्णालीको सिमीमा छुट दिनेछ ।


Last Updated on: June 4th, 2021 at 6:25 pm
४२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया