आइतबार १२ आषाढ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले मतान्तर बढाउँदै लगेका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित र सत्ता गठबन्धनकी साझा उम्मेदवार र्सिजना श्रेष्ठभन्दा उनी झण्डै दोब्बर मतले अगाडि रहेका छन् ।

पछिल्लो प्राप्त मत परिणामअनुसार बालेनले ३५७५१ मत पाएका छन् । उनका प्रतिस्पर्धीद्वय स्थापित र सिर्जनाले क्रमशः १९५१५ र १९४५८ मत पाएका छन् । कूल एक लाख ९१ हजार १८६ मतमध्ये ९० हजारभन्दा बढी मत गनिसकिएको छ ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले ३३ हजारभन्दा बढी मत पाउँदै अग्र स्थानमा रहेकी छन् । उनलार्य एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ४६७ मतका साथ पछ्याइरहेका छन् । हालसम्मा वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नम्बर ७, ९, १०, २३, २४, २५, २६, र ३१ को मत गणना भइरहेको छ ।

डोटी : डोटीका स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले बिहीबार जिल्ला न्यायाधीश एवं प्रमुख निर्वाचन अधिकृतबाट सपथ ग्रहण गरेका छन्।

आफूले सफथ लिएपश्चात आ–आफ्नो पालिकामा उपप्रमुख लगायत अन्य निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ खुवाउने र पदभार ग्रहण गर्ने काम भइरहेको छ।

पदभार सम्हाल्दै विभिन्न निर्णयहरु पनि गरेका छन्। शुक्रबार पदभार ग्रहण गर्दै दिपायल सिलगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बाजिसिं खड्काले नगरभित्रका सुत्केरी महिलाहरुका लागि एम्बुलेन्स सेवा निःशुल्क गराउने र नगरभित्र सुविधासम्पन्न खेल मैदान निर्माण गर्ने निर्णय गरेका छन्।

आदर्श गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेशबहादुर खड्काले पालिकाभित्रका जेष्ठ नागरिक, महिला स्वयंसेविका, सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र गाउँपालिकाभित्रका गरिब परिवारको पहिचान गरी उनीहरुका छोरा छोरीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरेका छन्।

शिखर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख दीर्घबहादुर बलायरले पदभार ग्रहण पश्चात नगरका कर्मचारीहरुलाई निर्देशन दिँदै सूचनाको कार्यान्वयनमा जोड दिन र कार्यालय समयमा सरकारी पोशाक अनिवार्य लगाउन भनेका छन्। उनले नगरपालिकाका हरेक सार्वजनिक सूचनाहरु जनताले सहजै भेटाउने गरी स्मार्ट एप संचालन र सबै वडाका डाटा वेबसाईटमा अनिवार्य राख्न आग्रह गरे।

सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीलगायतका नवनिर्वाचित जनप्रतिनिधिहरुले समेत पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै अध्यक्ष जोशीले गाउँपालिकाभित्रका सुत्केरी महिलाहरुका लागि एम्बुलेन्स सेवा निःशुल्क गराउने निर्णय गरेका छन्।

केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले पदभार ग्रहण गर्दै गाउँपालिका भित्रको स्वास्थ्य उपचारमा विशेष जोड दिने र गाउँमा बिशेषज्ञ चिकित्सकिय सेवा संचालन गर्ने निर्णय गरेका छन्।

डोटीका सबैजसो स्थानीय तहका नवनिर्वाचित प्रमख तथा अन्य जनप्रतिनिधिहरुले आजै पदभार ग्रहण गरिरहेका छन्।

काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ परेका छन् ।

मिस ग्लोबल इन्टरनेशनलमा भाग लिन आएकी एक किशोरीलाई बलात्कार गरेको आरोप उनीमाथि लागेको छ ।

ती युवतीले आठवर्षपछि सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्दै मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका मनोज पाण्डेले भिडियो समेत खिचेर ब्ल्याकमेल गर्दै ६ महिनासम्म जबरजस्ती करणी गरेको बताएकी छन् ।

यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए।

बुधबार भिडियो क्लीप सार्वजनिक भएपछि गृहमन्त्रालयले त्यसमा चासो देखाएको थियो । त्यसपछि प्रहरी प्रधानकार्यालयले एसएसपीको नेतृत्वमा छानविन समिति बनाएको छ ।


Last Updated on: May 21st, 2022 at 8:42 pm
८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया