आइतबार १४ आश्विन २०८०

गाउँ-गाउँ पुगेर स्वाब सङ्कलन, घर-घर स्वास्थ्यकर्मी पठाएर उपचार
June 4, 2021 33
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
दाङ– दाङको घोराही उपमहानगरपालिकाले गाउँमा को’रो ना भाइरसका सङ्क्रमित बढ्न नदिन गाउँमै निःशुल्क को’रो ना परीक्षण र घरघरमा स्वास्थ्यकर्मी पठाएर उपचार सुरु गरेको छ। उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाले नगर भित्रका गाउँ–गाउँमा पुगेर निःशुल्क कोरोना परीक्षणको शिविर सञ्चालन गरेको हो । समुदायस्तरमा को’रो नाको अवस्था पत्ता लगाउने गरी निःशुल्क एन्टिजेन परीक्षण थालिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभएको छ।

परीक्षण स्थलमै १५ मिनेटमा को’रो ना सङ्क्रमण भए/नभएको पत्ता लगाउने गरी एन्टिजेन परीक्षणलाई समुदायस्तरमा लगिएको उहाँको भनाइ छ। कम खर्चिलो, परीक्षण स्थलमै रिपोर्ट आउने, सङ्क्रमितको समय मै उपचार व्यवस्थापनमा सहज हुने भएकाले समु दायस्तरमा एन्टिजेन परीक्षणलाई तीव्रता दिइएकाे उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको भनाइ छ ।

कतिपय बिरामीको पीसीआर जाँच गरेपछि रिपोर्ट आउन ढिला हुँदा स्वास्थ्य अवस्था नाजुक र ज्यानसमेत जाने गरेकाले समयमै सङ्क्रमणको पहिचान गर्न यो विधिलाई शिविर मार्फत नगरका वडा–वडामा लगिएको उहाँले बताउनुभयो ।साथै उपमहानगरपालिकाले १९ वटै वडामा रहेका को’रो ना स’ङ्क्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने, स्वास्थ्य जाँच गर्ने र परामर्शलाई निरन्तरता दिँदै आएको छ । तीन जनासम्मको टोली बनाइ सङ्क्रमितको घर–घरमा स्वास्थ्यकर्मी परिचालन गरिएको उपमहानगरपालिकाकी उप मेयर सीता सिग्देल न्यौपानेले जानकारी दिनुभयो ।

सङ्क्रमित भइ घरमै बसेकाहरूको मनोबल बढाउने, स्वास्थ्य जाँच गर्ने, औषधि तथा परामर्श दिने गरी १९ वटै वडाका स्वास्थ्यकर्मी घर–घरमै पुगेको उहाँको भनाइ छ । यस्तै स’ङ्क्रमितहरुलाई भेट्न वडाध्यक्ष समेत पुग्ने गरेका छन् । आत्म बल उच्च बनाउन र आवश्यक औषधि एवम् स्वास्थ्य सजकता अपनाउन आग्रह गर्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मी सङ्क्रमितकाे घर–घर पुग्ने गरेका हुन् । उज्यालो अनलाईनबाट


Last Updated on: June 4th, 2021 at 6:57 pm
४५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया