आइतबार १२ आषाढ २०७९

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर ९७ हजार ८०० तोकिएको छ।

अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९८ हजार २०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ। अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९७ हजार ७०० पुगेको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २७० पुगेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४५ डलर आसपासमा कारोबार भइरहेको छ।

काठमाडौं : स्थानीय तह निर्वाचनअन्तरगत काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।

मतपरिणामअनुसार काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निकै अगाडि छन्। पछिल्लो मतपरिणामअनुसार उनले ५९ हजार १४९ मत प्राप्त गरेका छन्।

निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रोमा र एमालेका केशव स्थापित तेस्रोमा छन्। सिंहले ३७ हजार ५४२ मत प्राप्त गरेकी छन् भने स्थापितले ३७ हजार २१८ मत पाएका छन्।

केहि वडाको मात्र मतगणना गर्न बाँकी गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

आफ्नो जित निश्चित भएपछि बालेन साहका समर्थकले विशाल र्‍यालीको तयारी गरेका छन् । बालेन मतगणनास्थल सभागृह पुगेका छन्।

महानगरको मेयरमा जित सुनिश्चित भएपछि बालेन्द्रले बुधबार आफ्ना समर्थकलाई विजय जुलुश नगरी धन्यवाद र्‍याली गर्न अपिल गरेका थिए।

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाका नव–निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहणपछि खानेपानी, विद्युत र स्वास्थ्य सेवालगायतलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

नगर प्रमुख जनक कुमार बोहराले नगर उपप्रमुख रामबहादुर बोहरा तथा जनप्रतिनिधिहरु सहित नगरको विकासका लागि पाँच वटा निर्णय कार्यान्वयन गर्ने घोषणा गरेका हुन् ।

पदभार ग्रहणकै दिन निर्वाचनको बेला घोषणा पत्रमा उल्लेख गरिएका पाँच वटा निर्णय कार्यान्वयन गर्ने गरि निर्णय गरेको नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।

सुत्केरी र विपन्न परिवारका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा, मुक्त हलिया, खलिया र जनजातिका बालबालिकालाई प्राविधिक शिक्षामा पहुँच र पाँच जनालाई छात्रवृत्तिका साथै कोल्टीमा वर्षौदेखि प्रमुख समस्याका रुपमा रहेको खानेपानी र बिजुली समस्या समाधानका लागि समिति बनाएरै काम अघि बढाउने बुढीनन्दा नगरपालिकाले निर्णय गरेको छ ।

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा कोल्टीको खानेपानी नै निर्माण गर्न नसकेको, विद्युत समस्या समाधान नगरेको आरोप लाग्ने गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहणकै दिन समस्या समाधान गर्ने निर्णय गरेपछि स्थानीय उत्साहित बनेका छन्

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनहरुले आज बिहीबार टर्च लाइट जुलुस निकाल्दै छन् ।

बिहीवार साँझ काठमाडौंका विभिन्न स्थानमा टर्च लाइट जुलुस निकाल्न लागिएको हो ।

जनता मारमा परेको बेलामा पनि सरकारले जनताकै ढाड सेक्ने काम गरेको भन्दै सरकार खोज्नको लागि विद्यार्थी संगठनले टर्च लाइट जलुस निकाल्न लागेको हो ।

सरकारले गत आइतबार प्रति लिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

अहिले पेट्रोलको भाउ १८० रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेल १६३, आन्तरिक हवाईको इन्धनको मूल्य १६६ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८ सय पुर्‍याएको छ । यसको बिरोधमा विद्यार्थी संगठनहरुले चरणवद्ध बिरोधप्रदर्शन गर्दै आएका छन् ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृृद्धि अन्तर्राष्ट्रिय मूल्यवृद्धिअनुसार नै भएकोले मूल्यवृद्धि फिर्ता गर्न नसकिने बताउँदै आएको छ ।

फिर्तामूल्यवृद्धिसंयुक्त विद्यार्थी संगठन
प्रतिक्रिया दिनुहोस्


Last Updated on: May 26th, 2022 at 1:01 pm
३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया