
काठमाडौं । उडानको क्रममा एक विवाहित पाइलटले महिला प्रशिक्षार्थीलाई रोमान्सको लागि अतिरिक्त उडान कक्षाको प्रस्ताव राखे। उनी सहमत भइन्। त्यसपछि दुवैले विमानको ककपिटमा सम्बन्ध बनाउन थाले । दुवैले यसको भिडियो रेकर्ड पनि गरेका थिए । जुन पछि भाइरल भयो ।
घटना रुसको हो । विमानलाई अटोपाइलट मोडमा राखेर पाइलट र उनका प्रशिक्षार्थी रोमान्स गर्दै थिए र रेकर्डिङ गरिरहेका थिए । कसैले यसको भिडियो अनलाइन सेयर गरेका छन्। जहाँबाट सासोभो फ्लाइट स्कूलले उनीहरूलाई चिन्यो। त्यसपछि उडान प्रशिक्षक र उनका विद्यार्थीलाई संस्थानले निष्काशन गरेको छ ।
२८ वर्षीय विवाहित पाइलटले २१ वर्षीया महिला प्रशिक्षार्थीलाई अतिरिक्त फ्लाइङ क्लासको बदलामा रोमान्स गर्न राजी गरेका थिए। तर, प्रारम्भमा प्रशिक्षार्थीले पाइलट विवाहित भएकाले अस्वीकार गर्दै आएकी थिइन् । तर उनी अतिरिक्त ट्यूशनको प्रस्तावमा सहमत भइन्। स्थानीय समाचार साइट गजेटाका अनुसार उनीहरु दुबै सेसना १७२ विमानको ककपिटमा थिए ।
प्रशिक्षार्थीलाई यसबारे सोध्दा उनले अटोपाइलट मोड अन भएको र उनीहरुले चुम्बन र अंगालो मात्र हालेको बताइन् । पछि उनले यो पहिलो पटक भएको र अब कहिल्यै नगर्ने दाबी गरिन् । रिपोर्टका अनुसार महिला प्रशिक्षार्थीसँग बदला लिन उनको साथी क्याडेटले क्लिप अनलाइन पोस्ट गरेपछि यो कुरा बाहिर आएको हो। भिडियो भाइरल भएपछि फ्लाइट स्कुलले पनि यसको जानकारी पाएको थियो ।
बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाका नव–निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहणपछि खानेपानी, विद्युत र स्वास्थ्य सेवालगायतलाई पहिलो प्राथमिकतामा राखेका छन् ।
नगर प्रमुख जनक कुमार बोहराले नगर उपप्रमुख रामबहादुर बोहरा तथा जनप्रतिनिधिहरु सहित नगरको विकासका लागि पाँच वटा निर्णय कार्यान्वयन गर्ने घोषणा गरेका हुन् ।
पदभार ग्रहणकै दिन निर्वाचनको बेला घोषणा पत्रमा उल्लेख गरिएका पाँच वटा निर्णय कार्यान्वयन गर्ने गरि निर्णय गरेको नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।
सुत्केरी र विपन्न परिवारका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा, मुक्त हलिया, खलिया र जनजातिका बालबालिकालाई प्राविधिक शिक्षामा पहुँच र पाँच जनालाई छात्रवृत्तिका साथै कोल्टीमा वर्षौदेखि प्रमुख समस्याका रुपमा रहेको खानेपानी र बिजुली समस्या समाधानका लागि समिति बनाएरै काम अघि बढाउने बुढीनन्दा नगरपालिकाले निर्णय गरेको छ ।
२०७४ सालमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा कोल्टीको खानेपानी नै निर्माण गर्न नसकेको, विद्युत समस्या समाधान नगरेको आरोप लाग्ने गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहणकै दिन समस्या समाधान गर्ने निर्णय गरेपछि स्थानीय उत्साहित बनेका छन्
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनहरुले आज बिहीबार टर्च लाइट जुलुस निकाल्दै छन् ।
बिहीवार साँझ काठमाडौंका विभिन्न स्थानमा टर्च लाइट जुलुस निकाल्न लागिएको हो ।
जनता मारमा परेको बेलामा पनि सरकारले जनताकै ढाड सेक्ने काम गरेको भन्दै सरकार खोज्नको लागि विद्यार्थी संगठनले टर्च लाइट जलुस निकाल्न लागेको हो ।
सरकारले गत आइतबार प्रति लिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।
अहिले पेट्रोलको भाउ १८० रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेल १६३, आन्तरिक हवाईको इन्धनको मूल्य १६६ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८ सय पुर्याएको छ । यसको बिरोधमा विद्यार्थी संगठनहरुले चरणवद्ध बिरोधप्रदर्शन गर्दै आएका छन् ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृृद्धि अन्तर्राष्ट्रिय मूल्यवृद्धिअनुसार नै भएकोले मूल्यवृद्धि फिर्ता गर्न नसकिने बताउँदै आएको छ ।