आइतबार १२ आषाढ २०७९

अचम्मको खबर : यी हुन् आमाको मोबाइलबाट ३१ चीज-बर्गर अर्डर गर्ने २ वर्षीय बालक…

आजकलका साना बालबालिका मोबाइल पाउँदा निकै खुसी हुन्छन् । र उनीहरुमा मोबाइल चलाउने लत नै बसेको छ । मोबाइलमा बालबालिका गेम खेल्नेदेखि भिडियो हेर्ने गर्दछन् ।

तर अमेरिकाका एक बालकले भने आमाको मोबाइल चलाउँदा चलाउँदै अचम्मको काम गरे ।

अमेरिकाका टेक्सासका २ वर्षीय बालकले आफ्नी आमाको स्मार्टफोनबाट मैकडनल्ड्स आउटलेटबाट ३१ चीजबर्गर अर्डर गरिदिए । यति मात्र कहाँ हो र, उनले डेलिभरीका लागि १६ डलर अर्थात करिब २ हजार नेपाली रुपैँयासमेत टिप्स दिए ।

३१ चीज-बर्गर अर्डर गर्ने ती बालकको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । उनको साथमा मैकडनल्ड्सले डेलिभरी दिएको बर्गर पनि देखिन्छ । घटनाको बारेमा बुझेपछि अन्ततः उनको अर्डर क्यान्सिल गरिएको थियो ।

 

काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्काे भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ । यही त्रास र आशंकाबीच सरकारले मंकीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी बढाउन थालेको छ र उनीहरूलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मंकीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेका हुन् । उनले यो भाइरस नौलो र अन्य संक्रामक रोग जस्तो चाँडै नसर्ने भए पनि सचेत भने हुनुपर्नेमा जोड दिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आइतबारसम्म १४ देशमा यसको संक्रमण देखिइसकेको, ८० भन्दा बढी संक्रमण पुष्टि भएको र शंकास्पद ५० ’ अनुसन्धान भइरहेको जनाएको छ । डब्लूएचओले अन्य धेरैमा संक्रमण भएको हुन सक्ने औंल्याएको छ । डब्लूएचओले यो भाइरसका मध्य अफ्रिकी र पश्चिम अफ्रिकी गरी दुई भेरिएन्ट भएको पनि जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाका नव–निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहणपछि खानेपानी, विद्युत र स्वास्थ्य सेवालगायतलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

नगर प्रमुख जनक कुमार बोहराले नगर उपप्रमुख रामबहादुर बोहरा तथा जनप्रतिनिधिहरु सहित नगरको विकासका लागि पाँच वटा निर्णय कार्यान्वयन गर्ने घोषणा गरेका हुन् ।

पदभार ग्रहणकै दिन निर्वाचनको बेला घोषणा पत्रमा उल्लेख गरिएका पाँच वटा निर्णय कार्यान्वयन गर्ने गरि निर्णय गरेको नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।

सुत्केरी र विपन्न परिवारका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा, मुक्त हलिया, खलिया र जनजातिका बालबालिकालाई प्राविधिक शिक्षामा पहुँच र पाँच जनालाई छात्रवृत्तिका साथै कोल्टीमा वर्षौदेखि प्रमुख समस्याका रुपमा रहेको खानेपानी र बिजुली समस्या समाधानका लागि समिति बनाएरै काम अघि बढाउने बुढीनन्दा नगरपालिकाले निर्णय गरेको छ ।

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा कोल्टीको खानेपानी नै निर्माण गर्न नसकेको, विद्युत समस्या समाधान नगरेको आरोप लाग्ने गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहणकै दिन समस्या समाधान गर्ने निर्णय गरेपछि स्थानीय उत्साहित बनेका छन्


Last Updated on: May 26th, 2022 at 2:04 pm
५० पटक हेरिएको

तपाईको प्रतिक्रिया