आइतबार १२ आषाढ २०७९

काठमाडौं । संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो कर्मका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौकले सबैलाई चकित बनाएको छ ।

टोको नामका जापानका यी मानिस अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेका टोकोले पनि सामाजिक सञ्जालमा केही तस्बिर सेयर गरेका छन् । जसको धेरै चर्चा भइरहेको छ ।

वास्तवमा, जापानमा बस्ने यी व्यक्तिको बाल्यकालदेखि नै कुकुरको जीवन जिउने सपना थियो । जापानको एक व्यावसायिक एजेन्सी जेप्पेट वर्कशप कम्पनीले टोकोलाई कूली, कुकुरको नस्लमा परिणत गरेको छ।

यी व्यक्तिलाई कुकुर बन्न यति धेरै मन लाग्यो कि त्यसका लागि २० लाख युआन (लगभग २० लाख रूपैयाँ) खर्च गरे । यति धेरै पैसा लिएर ती व्यक्तिले यस्तो पोशाक बनाए, जसमा उनी ठ्याक्कै कुकुरजस्तै देखिन्छन् । यो पोशाकमा उनलाई चिन्न धेरै गाह्रो छ।

【制作事例 追加】
犬 造型スーツ

個人の方からのご依頼で、犬の造型スーツを制作しました。
コリー犬をモデルにしており、本物の犬と同様に四足歩行のリアルな犬の姿を再現しております🐕

詳細はこちら:https://t.co/0gPoaSb6yn#犬 #Dog #着ぐるみ#特殊造型 #特殊造形 pic.twitter.com/p9072G2846

— 特殊造型ゼペット (@zeppetJP) April 11, 2022

पोशाक बनाउन करिब ४० दिन लाग्यो। मानिस र कुकुरमा धेरै भिन्नता भएकाले यो पोशाक बनाउन निकै मेहनत गरेको कम्पनीले जनाएको छ । टोको यो पोशाक लगाएपछि उनी कुकुर जस्तो देखिन चाहन्थे।

जापानी सञ्चारमाध्यमले उनलाई कुली प्रजातिकै कुकुर बन्न किन रोजेको भनेर सोधेका थिए । जसको जवाफमा उनले भने– कुली मेरो मनपर्ने कुकुर र सबैभन्दा प्यारो कुकुर हो । लामो कपाल भएका कुकुरहरूले मानव आकार लुकाउन सक्छन्, त्यसैले मैले कुली रोजें। यसको पोशाक पनि पूर्ण रूपमा मौलिक देखिन्थ्यो।

 

साक्षात्कारकर्ताले सोधे, के तपाई आफ्नो हात र खुट्टा राम्ररी चलाउन सक्नुहुन्छ? टोकोले भने- केही बाधाहरू छन्, तर हात खुट्टा सार्न सक्छु, यद्यपि यदि तपाईंले आफ्नो हात र खुट्टा धेरै हलाउनुभयो भने, यो कुकुर जस्तो देखिँदैन।

 

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाका नव–निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहणपछि खानेपानी, विद्युत र स्वास्थ्य सेवालगायतलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

नगर प्रमुख जनक कुमार बोहराले नगर उपप्रमुख रामबहादुर बोहरा तथा जनप्रतिनिधिहरु सहित नगरको विकासका लागि पाँच वटा निर्णय कार्यान्वयन गर्ने घोषणा गरेका हुन् ।

पदभार ग्रहणकै दिन निर्वाचनको बेला घोषणा पत्रमा उल्लेख गरिएका पाँच वटा निर्णय कार्यान्वयन गर्ने गरि निर्णय गरेको नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।

सुत्केरी र विपन्न परिवारका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा, मुक्त हलिया, खलिया र जनजातिका बालबालिकालाई प्राविधिक शिक्षामा पहुँच र पाँच जनालाई छात्रवृत्तिका साथै कोल्टीमा वर्षौदेखि प्रमुख समस्याका रुपमा रहेको खानेपानी र बिजुली समस्या समाधानका लागि समिति बनाएरै काम अघि बढाउने बुढीनन्दा नगरपालिकाले निर्णय गरेको छ ।

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा कोल्टीको खानेपानी नै निर्माण गर्न नसकेको, विद्युत समस्या समाधान नगरेको आरोप लाग्ने गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहणकै दिन समस्या समाधान गर्ने निर्णय गरेपछि स्थानीय उत्साहित बनेका छन्


Last Updated on: May 26th, 2022 at 2:11 pm
३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया