आइतबार १२ आषाढ २०७९

स्याङ्जा : कालीगण्डकी गाउँपालिकाले पालिकाकाका युवालाई सीप र गृहिणी महिलालाई इन्डक्सन चुल्हो दिने भएको छ। पालिकाका सबै युवालाई सीप र गृहिणीलाई इन्डक्सन चुल्हो उपलब्ध गराउने कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले निर्णय गरेका हुन्।

अध्यक्ष खिमबहादुर थापा र उपाध्यक्ष साबित्रा कोइरालाले पालिकामा आयोजित पदभार ग्रहणपछिको पहिलो बैठकले सो निर्णय गरेको हो।

अध्यक्ष थापाका अनुसार पालिकाबासीका घर–घरमा रहेका ग्यास सिलिण्डर पालिकाले लिने र इन्डक्सन चुल्हो नि:शुल्क दिने भएका हो।

बिजुलीबाट खाना पकाउने चुल्हो (इन्डक्सन) र पालिकाका झण्डैं २ हजार युवालाई क्षमता अनुसारको प्राविधिक सीप आगामी गाउँसभाबाट पारित गरेर कार्यान्वयन गरिने उनले बताए।

उनका अनुसार आलमदेवी बुहप्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङका कक्षा सञ्चालन सुरु भइसकेको छ।

गाउँपालिकाका ४ हजार ७ सय घरधुरीमध्ये यसअघि २ सय घरधुरीले इन्डक्सन चुल्हो पाइसकेको उनको भनाइ छ।

वडा नं. १ र ५ मा अघिल्लो वर्ष वितरण गरिएको हो।

सातवडा रहेको पालिकाले यसअघि प्रतिघर २० यूनिट विद्युत निशुल्क उपलब्ध गराएको थियो। इन्डक्सन चुल्हो वितरण गर्ने तयारी भएसँगै अब ३० युनिट विद्युत निशुल्क उपलब्ध गराउने गरी कार्यविधि बनाउन जुटेको छ। मुलुकको ठूलो कालीगण्डकी ए जलविद्युत उत्पादन केन्द्र पनि यही पालिकामा पर्दछ।

पदभारपछि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित अन्य कर्मचारी । तस्बिर : अन्नपूर्ण

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाका नव–निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहणपछि खानेपानी, विद्युत र स्वास्थ्य सेवालगायतलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

नगर प्रमुख जनक कुमार बोहराले नगर उपप्रमुख रामबहादुर बोहरा तथा जनप्रतिनिधिहरु सहित नगरको विकासका लागि पाँच वटा निर्णय कार्यान्वयन गर्ने घोषणा गरेका हुन् ।

पदभार ग्रहणकै दिन निर्वाचनको बेला घोषणा पत्रमा उल्लेख गरिएका पाँच वटा निर्णय कार्यान्वयन गर्ने गरि निर्णय गरेको नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।

सुत्केरी र विपन्न परिवारका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा, मुक्त हलिया, खलिया र जनजातिका बालबालिकालाई प्राविधिक शिक्षामा पहुँच र पाँच जनालाई छात्रवृत्तिका साथै कोल्टीमा वर्षौदेखि प्रमुख समस्याका रुपमा रहेको खानेपानी र बिजुली समस्या समाधानका लागि समिति बनाएरै काम अघि बढाउने बुढीनन्दा नगरपालिकाले निर्णय गरेको छ ।

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा कोल्टीको खानेपानी नै निर्माण गर्न नसकेको, विद्युत समस्या समाधान नगरेको आरोप लाग्ने गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहणकै दिन समस्या समाधान गर्ने निर्णय गरेपछि स्थानीय उत्साहित बनेका छन्

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनहरुले आज बिहीबार टर्च लाइट जुलुस निकाल्दै छन् ।

बिहीवार साँझ काठमाडौंका विभिन्न स्थानमा टर्च लाइट जुलुस निकाल्न लागिएको हो ।

जनता मारमा परेको बेलामा पनि सरकारले जनताकै ढाड सेक्ने काम गरेको भन्दै सरकार खोज्नको लागि विद्यार्थी संगठनले टर्च लाइट जलुस निकाल्न लागेको हो ।

सरकारले गत आइतबार प्रति लिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

अहिले पेट्रोलको भाउ १८० रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेल १६३, आन्तरिक हवाईको इन्धनको मूल्य १६६ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८ सय पुर्‍याएको छ । यसको बिरोधमा विद्यार्थी संगठनहरुले चरणवद्ध बिरोधप्रदर्शन गर्दै आएका छन् ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृृद्धि अन्तर्राष्ट्रिय मूल्यवृद्धिअनुसार नै भएकोले मूल्यवृद्धि फिर्ता गर्न नसकिने बताउँदै आएको छ ।


Last Updated on: May 26th, 2022 at 3:21 pm
६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया