बिहिबार १४ मंसिर २०८०

तामाङ दम्पतीलाई नै मन्त्रीपद चिठ्ठामा, ओली समुहमा लागेर शेरबहादुर तामाङको भाग्य च म्कियो
समाचार
June 4, 2021AdminLeave A CommentOn तामाङ दम्पतीलाई नै मन्त्रीपद चिठ्ठामा, ओली समुहमा लागेर शेरबहादुर तामाङको भाग्य च म्कियो
शेरबहादुर तामाङ भन्ने वित्तिकै कुनै समय धेरैलाई माधवकुमार नेपालको विश्वास पात्र लाग्थ्यो । एमाले र माओवादी मिलेर नेकपा बन्दा नेता नेपालको कोटाबाट उनी कानुनमन्त्री बनेका थिए ।तर, बंगलादेशमा चिकित्सा पढ्न जाने छात्राहरू यौ नकर्म गर्न बाध्य हुनेगरेको भन्दै विवादित अभिव्यक्ति दिएपछि नैतिकताका आधारमा भन्दै प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका थिए ।

नेकपा विभाजित भइसकेपछि भने तामाङ ओलीसमूहमा लागेका छन् । तामाङ दम्पती नै माधव नेपाललाई छोड्दै आफ्नो समूहमा लागेपछि ओलीले मन्त्री बनाउने लोभ देखाएको भन्दै चर्चा भएको थियो ।चर्चा भए अनुसार नै ओलीको निर्देशनमा तामाङ पत्नी उषाकला राईलाई यसअघि प्रदेश १ को सामाजिक विकासमन्त्री बनाइएको थियो ।

प्रधानमन्त्री ओलीले फेरि मन्त्रिमण्डल हेरफेर गर्दै शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका हुन् । उनको शुक्रबार नै शपथको तयारी गरिएको छ ।शेरबहादुर तामाङले नेपालको कानुनले प्रतिबन्धित भनेको लागुऔषध गाँजालाई वैधता दिनुपर्ने बताउँदै आएका छन् ।

उनले गाँ जाको व्यापारबाट राष्ट्रिय स्रोत आर्जन गर्न सकिने बताउँदै आएका छन् ।त्यसैगरी उनकी पत्नी उषाकलाले लोकल र क्सीलाई प्र बर्द्धन गर्नुपर्ने बताउँदै आएकी छन् । उनले लोकल रक्सीबाटै पर्यटकहरूलाई आकर्षण गर्न सकिने तर्क गरेकी छन् ।


Last Updated on: June 5th, 2021 at 3:48 pm
५०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया