आइतबार १२ आषाढ २०७९

काठमाडौं १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पेट्रोलियम पदार्थको खरिद गर्ने अधिकार निजी क्षेत्रलाई दिएको प्रति आपत्ती जनाएका छन् ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा छलफल गर्ने क्रममा उनले यस विषयमा आपत्ती जनाएका हुन् ।

कति प्रतिशत राज्यले राख्ने, कति प्रतिशत दिने भनेर हिसाब नगरी सम्पूर्ण अधिकार निजी क्षेत्रमा हस्तान्तरण गर्ने काम भएको भन्दै आयल निगमलाई खारेज गर्न अर्बौँ रुपैयाँको कारोबार भइसकेको र फेरि अर्बौँको ‘डिल’ हुन लागेको खुलासा समेत गरेका छन् ।

उनले भने, ‘वित्तीय रूपमा यति बोजिलो किन भयो, यति नाफा हुने संस्था ? सार्वजनिक संस्थानको व्यवस्थापन सुधार गर्ने कुरा पनि भनिएको मात्र हो ।’

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाका नव–निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहणपछि खानेपानी, विद्युत र स्वास्थ्य सेवालगायतलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

नगर प्रमुख जनक कुमार बोहराले नगर उपप्रमुख रामबहादुर बोहरा तथा जनप्रतिनिधिहरु सहित नगरको विकासका लागि पाँच वटा निर्णय कार्यान्वयन गर्ने घोषणा गरेका हुन् ।

पदभार ग्रहणकै दिन निर्वाचनको बेला घोषणा पत्रमा उल्लेख गरिएका पाँच वटा निर्णय कार्यान्वयन गर्ने गरि निर्णय गरेको नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।

सुत्केरी र विपन्न परिवारका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा, मुक्त हलिया, खलिया र जनजातिका बालबालिकालाई प्राविधिक शिक्षामा पहुँच र पाँच जनालाई छात्रवृत्तिका साथै कोल्टीमा वर्षौदेखि प्रमुख समस्याका रुपमा रहेको खानेपानी र बिजुली समस्या समाधानका लागि समिति बनाएरै काम अघि बढाउने बुढीनन्दा नगरपालिकाले निर्णय गरेको छ ।

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा कोल्टीको खानेपानी नै निर्माण गर्न नसकेको, विद्युत समस्या समाधान नगरेको आरोप लाग्ने गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहणकै दिन समस्या समाधान गर्ने निर्णय गरेपछि स्थानीय उत्साहित बनेका छन्

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनहरुले आज बिहीबार टर्च लाइट जुलुस निकाल्दै छन् ।

बिहीवार साँझ काठमाडौंका विभिन्न स्थानमा टर्च लाइट जुलुस निकाल्न लागिएको हो ।

जनता मारमा परेको बेलामा पनि सरकारले जनताकै ढाड सेक्ने काम गरेको भन्दै सरकार खोज्नको लागि विद्यार्थी संगठनले टर्च लाइट जलुस निकाल्न लागेको हो ।

सरकारले गत आइतबार प्रति लिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

अहिले पेट्रोलको भाउ १८० रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेल १६३, आन्तरिक हवाईको इन्धनको मूल्य १६६ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८ सय पुर्‍याएको छ । यसको बिरोधमा विद्यार्थी संगठनहरुले चरणवद्ध बिरोधप्रदर्शन गर्दै आएका छन् ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृृद्धि अन्तर्राष्ट्रिय मूल्यवृद्धिअनुसार नै भएकोले मूल्यवृद्धि फिर्ता गर्न नसकिने बताउँदै आएको छ ।


Last Updated on: May 26th, 2022 at 5:45 pm
४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया