शनिबार ११ आषाढ २०७९

धरान उपमहानगरका मेयर हर्क साम्पाङ शहरको फोहोर सफा गर्न कुचो लिएर सडकमा निस्केका छन्।

उनले बिहीबार स्थानीय भानुचोकबाट सडक सफाइ अभियान शुरु गरेका छन्। आफ्नो फेसबुक पेजमार्फत नगरवासीलाई बुधबार साँझ कुचो लिएर सडकमा निस्किन आह्वान गरेका थिए। उनको आह्वान सहर्ष स्वीकार गर्दै नगरवासीले स्वतःस्फूर्त रूपमा सफाइ अभियानमा साथ दिए।

सामाजिक अभियानबाट सीधा धरानको मेयर बनेका उनले नगरको पर्यटन र सौन्दर्यीकरणमा ध्यान दिने बताएका छन्। पर्यटन र सौन्दर्यकरणको सपना साकार पार्न उनी झाडु लिएर फोहोर बढार्न बाहिर निस्किएका हुन्। यो अभियान नगरका कुना–कुनासम्म फैलाउने उनको योजना छ।

नगरपालिकाले उपलब्ध गराउन महँगा गाडीको सुविधा नलिने बताएका उनले आफ्नो पुरानो मोटरसाइकलमै कार्यकाल पूरा गर्ने बताएका छन्। बुधबार मात्र उनी धरानको खानेपानी मुहान सफा गर्दै गरेको अवस्थामा भेटिएका थिए।

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनहरुले आज बिहीबार टर्च लाइट जुलुस निकाल्दै छन् ।

बिहीवार साँझ काठमाडौंका विभिन्न स्थानमा टर्च लाइट जुलुस निकाल्न लागिएको हो ।

जनता मारमा परेको बेलामा पनि सरकारले जनताकै ढाड सेक्ने काम गरेको भन्दै सरकार खोज्नको लागि विद्यार्थी संगठनले टर्च लाइट जलुस निकाल्न लागेको हो ।

सरकारले गत आइतबार प्रति लिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

अहिले पेट्रोलको भाउ १८० रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेल १६३, आन्तरिक हवाईको इन्धनको मूल्य १६६ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८ सय पुर्‍याएको छ । यसको बिरोधमा विद्यार्थी संगठनहरुले चरणवद्ध बिरोधप्रदर्शन गर्दै आएका छन् ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृृद्धि अन्तर्राष्ट्रिय मूल्यवृद्धिअनुसार नै भएकोले मूल्यवृद्धि फिर्ता गर्न नसकिने बताउँदै आएको छ ।

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाका नव–निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहणपछि खानेपानी, विद्युत र स्वास्थ्य सेवालगायतलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

नगर प्रमुख जनक कुमार बोहराले नगर उपप्रमुख रामबहादुर बोहरा तथा जनप्रतिनिधिहरु सहित नगरको विकासका लागि पाँच वटा निर्णय कार्यान्वयन गर्ने घोषणा गरेका हुन् ।

पदभार ग्रहणकै दिन निर्वाचनको बेला घोषणा पत्रमा उल्लेख गरिएका पाँच वटा निर्णय कार्यान्वयन गर्ने गरि निर्णय गरेको नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।

सुत्केरी र विपन्न परिवारका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा, मुक्त हलिया, खलिया र जनजातिका बालबालिकालाई प्राविधिक शिक्षामा पहुँच र पाँच जनालाई छात्रवृत्तिका साथै कोल्टीमा वर्षौदेखि प्रमुख समस्याका रुपमा रहेको खानेपानी र बिजुली समस्या समाधानका लागि समिति बनाएरै काम अघि बढाउने बुढीनन्दा नगरपालिकाले निर्णय गरेको छ ।

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा कोल्टीको खानेपानी नै निर्माण गर्न नसकेको, विद्युत समस्या समाधान नगरेको आरोप लाग्ने गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहणकै दिन समस्या समाधान गर्ने निर्णय गरेपछि स्थानीय उत्साहित बनेका छन्


Last Updated on: May 26th, 2022 at 5:49 pm
४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया