शुक्रबार १५ मंसिर २०८०

अर्घाखाँची

शैन्य आधार तालीम गरिरहेका एक नेपाली सेनाका जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारू रहेका छन् ।

नेपाली सेनाको श्री न. २ तालीम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अचानक अ चेत भए लगत्तै वीरेन्द्र सैनिक अस्पताल छाउनीमा लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको बताइएको छ ।

त्यस्तै आज ठूलो संख्यामा कोरोनाका बिरामीले जिते कोरोनालाई – नेपालमा आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन्।यो सँगै निको हुनेको संख्या ४७६१३० पुगेको छ । त्यस्तै आज १०१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै शुक्रबार थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार २० हजार ८ सय १३ परीक्षण मध्ये १४ हजार १८२ जनाको पिसिआर परीक्षणबाट ४६२४ जना र ६६३१ एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज १०१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको छ।


Last Updated on: June 5th, 2021 at 2:41 am
४५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया