
प्रेमिका भेट्न गएका युवकले आमा मन पराएपछि….
मनोरंजन
April 22, 2021AdminLeave A CommentOn प्रेमिका भेट्न गएका युवकले आमा मन पराएपछि….
काठमाण्डौं । नेपालका लोक गायक कुमार बस्नेतले छोरी भन्दा आमाम तरुनी भन्दै गाएको गीत चरितार्थ भएको छ । अमेरीकामा आमा र छोरी उस्तै उमेरका देखिंदा सबै छक्क पर्ने गरेका छन् ।
अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका आमा छोरी अहिले सामाजिक सञ्जालमा चर्चित बनेका छन् । उनीहरुलाई सौन्दर्यले चर्चामा पु(याएको हो ।
जेलिन डियाज र उनकी छोरी मिलानी हेर्दामा उस्तै देखिन्छन्, जबकी उनीहरुको उमेर २४ वर्ष फरक छ । इन्स्टाग्राममा उनीहरुको तस्विर हेर्नेहरु मध्ये कतिपयले ‘दिदी बहिनी’ भनेर टिप्पणी गर्ने गरेका छन् । १९ वर्षकी छोरी र ४३ वर्षकी आमाले पोज दिएर फोटो पोस्ट गर्ने गरेका छन् ।
उनीहरुको सम्बन्ध पनि साथीको जस्तै भएको विभिन्न समाचार एजेन्सीले उल्लेख गरेको छ । आमा एक स्कुलकी शिक्षिका हुन् । उनी घरमा बस्दा प्राय तातो सुप र चिया पिउछिन् ।
अचम्मको कुरा छोरीका केटा साथी एक दिन मिलानीलाई भेट्न घर आएका थिए । उनले आमाको सौन्दर्य देखेर यति मोहित भए कि उनको आँखा आमाबाट हटुनै मानेन ।
उनले भने, मिलानी म त तिम्रो आमालाई मन पराउँन थालें । उनका प्रेमीले ठट्टा गरेका भएपनि जेलिनको सौन्दर्यले सबैलाई मोहित पार्दै आइरहेको छ ।