शुक्रबार १५ मंसिर २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकमा विवाद उत्पन्न भएको छ । फोहोरमैलाको समस्या समाधानका लागि कार्यदल बनाउने निर्णय लिने क्रममा केही वडाध्यक्षले विवाद झिकेका हुन् ।

महानगर प्रमुख बालेन्द्र साहले आफ्नो नेतृत्वमा कांग्रेस र एमालेबाट दुई-दुई जना र समाजवादीबाट १ जना सदस्य रहने गरी कार्यदल बनाउने प्रस्ताव गरेका थिए । त्यही बमोजिम बैठकको निर्णय भन्दै प्रशासकीय प्रमुखले केही बुँदा पढेर सुनाए । फोहोर व्यवस्थापनको बारेमा गठिन कार्यदलको बैठक भोलि नै बिहान बस्ने भनियो । त्यसका लागि एमाले र कांग्रेसबाट दुई–दुईजनाको नाम दिन आग्रह गरियो । लगत्तै १६ नम्बरका वडाध्यक्ष मुकुन्द रिजालले आपत्ति जनाए ।

मेयरको प्रस्तावलाई छलफलबिनै पारित गरिएको भन्दै उनले विरोध जनाएका थिए । पार्टीगत आधारमा भागबण्डा गरिनु ठिक नभएको उनको भनाइ थियो । रिजालले बोल्दा केही वडाध्यक्षले टेबुल ठटाएर समर्थन जनाए ।

‘यो पार्टीको एक जना त्यो पार्टीको एक जना भाग लगाउने को हो तपाईं ?’ रिजालले चुनौति दिए, ‘यो तुरुन्तै फिर्ता लिनुस् ।’त्यसपछि मेयर बालेन्द्रको अनुमति लिएर महानगरका प्रशासकीय प्रमुखले उक्त निर्णय फिर्ता लिइएको बताए ।

त्यसपछि केही वडाध्यक्षले बैठकमा निर्णय गर्ने प्रक्रियाबारे सिकेर आउन आग्रह गरे ।

एक वडाध्यक्षले भने, ‘बैठकको प्रक्रिया सिक्नुस । कसरी प्रस्ताव गरिन्छ, कसरी निर्णय गरिन्छ भन्ने अध्ययन गर्नुस । तपाईंले पार्टीको नाम लिइरहनु आवश्यक थिएन ।’

 

आज मंगलवार को दिन भगवान गणेश को दर्शन गर्दै हेर्नुस् तपाईंको राशीफल। आज – १७ जेठ २०७९ मंगलवारको राशिफल

 

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ, तर शेयर बजारमा नोक्सानी होला ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सफल यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन पनि सक्नेछ सचेत रहनु होला ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । अधुरा र जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ काम गर्न सकिनेछ साथै साथ, सहयोग र समर्थन गर्नेहरू प्रशस्त भेटिनेछन् । सामाजिक र राजनैतिक क्षेत्रमा चासो बढ्नेछ ।

बृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


Last Updated on: May 31st, 2022 at 2:14 pm
२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया