शुक्रबार १९ जेठ २०८०

निर्दोष*लाई फसाइएको भन्दै चावहिल*मा विरोध प्रदर्शन.., नायिकाले माफी माग्नुपर्ने माग (भिडियो सहित हेर्नुस्)

काठमाडौं – कबड्डी-४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा निर्दोषलाई फसाइएको भन्दै काठमाडौंको चावाहीलमा विरोध प्रदर्शन गरिएको छ ।

 

बौद्ध भिक्षु समेत रहेका मुगुका फुर्वा लामालाई फसाउने नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने मागसहित एक समूहले काठमाडौंको चावाहीलस्थीत केएल टावर अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले कबड्डी–४ पोष्टर पनि जलाएका थिए । विरोध प्रदर्शनपछि लामालाई रिहा गरिसकिएको छ ।

 

चलचित्रको प्रचारका लागि गएका बेला आफुमाथि अभद्र व्यवहार गरेको भन्दै नायिका मगरले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए ।

 

आजको दिन भगवान गणेश को दर्शन गर्दै हेर्नुस् तपाईंको राशीफल। आजको राशिफल

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ, तर शेयर बजारमा नोक्सानी होला ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सफल यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन पनि सक्नेछ सचेत रहनु होला ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । अधुरा र जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ काम गर्न सकिनेछ साथै साथ, सहयोग र समर्थन गर्नेहरू प्रशस्त भेटिनेछन् । सामाजिक र राजनैतिक क्षेत्रमा चासो बढ्नेछ ।

बृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


Last Updated on: May 31st, 2022 at 6:09 pm
३२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया