मंगलबार १६ आश्विन २०८०

सदाबहार नाईकामा के छ त त्यस्तो खास रहस्य धलकिदो उमेरमा पनि करिश्माको लोभलाग्दो सुन्दरता, हेराैँ तस्विरहरू
June 4, 2021 admin 0 Comments
नेपाली अभिनेत्री करिश्मा मानन्धरलाई नचिन्ने सायदै काेहि भेटिएला ।

करिश्मा ‘सन्तान’बाट करिअर सुरु गरेकी हुन् । १४ वर्षको उमेरदेखि फिल्म खेल्न सुरु गरेकी करिश्माले ४६ बसन्त पार गरिसकिन् तर उनको सुन्दरतामा भने झनै निखार आउँदै गएको देखिन्छ ।

करिश्माले दैनिक सामाजिक सञ्जालमा राख्ने तस्विरहरुले पनि ढल्किँदै गएको उमेरमा उनको सुन्दरता बढेको सहजै अनुमान लगाउन सकिन्छ ।

कक्षा ८ सम्म मात्र अध्ययन गरेकी करिश्माले २ वर्ष अगाडी एसएलसी परिक्षा उत्तिर्ण गरेकी हुन् । २०७५ सालको एसईईमा करिश्माले बी प्लस ल्याएर उत्तीर्ण गरेकी थिइन् ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्तिमा पार्टीमा लागेर राजनीतिमा प्रवेश गरेकी करिश्माको राजनैतिक जीवन भने सफल हुन सकेन । त्यसैले उनले २०७६ सालको जेठ महिनामा पार्टी छाडेको घोषणा गरिन् ।

धेरै नेपाली नायिकाहरु यस क्षेत्रबाट पलाइन भैरहेतापनि करिश्मा भने टिकेर बसेकी छिन् । धेरै कलाकारहरुले चलचित्र क्षेत्र छाडेर अन्य क्षेत्रमा सफलता हात पारेतापनि गुमनाम छन् ।

करिश्माले आफ्नो स्वास्थ्य र सौन्दर्यलाई निकै ख्याल राख्छिन् । दैनिक व्यायाम देखि सन्तुलित भोजनको कारण वास्तविक उमेर भन्दा जवान देखिन्छिन् ।

उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीर र उनको सुन्दरता देखेर आम मानिसहरु भन्छन् उमेर ढल्किए पनि करिश्माको सुन्दरता भने ढल्केको छैन । उनकाे श्रीमान विनोद मानन्धर र एक छोरी कविता मानन्धर अहिले ललितपुरमा बस्दछन् ।

Karishma Manandhar - http://ift.tt/1ed3Tf0 | ift.tt/1FJhXWU | Nepali  Chalchitra | Flickr

जन्म उत्सबको शुभकामना करिश्मा मानन्धर | Citizen FM 97.5 Mhz


Last Updated on: June 5th, 2021 at 3:32 am
९४० पटक हेरिएको

तपाईको प्रतिक्रिया