
आज भन्दा तीन बर्ष अगाडि जहाँ म त्रिभुवन विमान स्थलको आगानमा उभिएर साउदी airline को हवाईजहाजमा जिन्दगीको अन्नगिन्ती सपनाहरु पोल्टाभरी सजाएर बसिरहेको थिए । जहाज उड्नु अगाडि आधा खुशी आधा डर अनि आधा चै देश , गाउँघर ,अनि आमाको मायाको आधिबेरी मनमा चलिराथ्यो । मेरो गन्तव्यहरु यस्तै एउटा दिमागमा दुईतीन वटा बिचारहरु सङ्ग प्रेम र झगडा गर्दै शुरु हुन लागेको थियो । घरी – घरी बाहिरको दृश्यलाई उस्तै गरि नियाल्थ्ये अनि सोच्ने गर्थे मेरो देश सायद तिमिलाई मैले अन्तिम पल्ट नियाल्दैछु । किन हो आज मेरो देशको उत्तिकै माया लागीरहेको छ । सायद यो तथ्य हुदैछ ।नजिकको तिर्थ हेला भन्ने तर होइन रहेछ त्यै तिर्थ छोड्दा खेरी हेला होइन प्रेम पलाउदो रहेछ ।
त्यो बेला जिन्दगीले २१ सौ बसन्त पार गरिरहेको थियो ।उत्ताउलो बानी , चन्चलेमन , हजारौं रहरहरुसङ्ग आत्मसमर्पण गर्दै । उज्ज्वल भबिस्य अनि आमाको फाटेको चोला धागो भएर सिउनु थियो , बाबाको फाटेको पैतालाको औषधि बन्नु थियो । त्यतिमात्र होइन गाउँ समाजमा बाबा आमाको शिर अझ उच्च बनाउनु थियो । यस्तै चौका दाउमा आफुलाई बाजिराखेर उज्ज्वल भबिस्यको खाकाहरु कोर्दै मनको कुनामा मिठो सपनाहरू सझाएर मेरो गन्तव्य तय हुदै थियो।
यस्तै मस्तिष्कभरिको सोचाईहरुमा तौरिरहेको बेला । सबिन शर्मा : सुमनसु के भो ह ? किन यति गहिरो सोचाइमा ? कि गाउकी मायालुको उसैगरी याद आईरहेको छ ( जिस्काउदै ) ?
म : अ भन्नू पर्छ गाउँ , गाउको प्यारो आमाबाबा , अनि त्यै पधेरिमा आउने साईलि उनिको उस्तै गरि यादले सताईरहेको छ ।
त्यतिकैमा हसिलो अनुहार , मिलेको शरीर, गाजलु आँखा , मन्द मुस्कान , मिलेको छाति र सेतो सट पाईन्टमा कालो हाफकोट अनि कालो पेन्ट लगाएकी एअर होस्टेजहरुले सान्केतिक भाषामा जहाज उडनलागेको जान्कारी दिदै सिटबेल्ट कस्न आग्रह गरिरहेकीथिन । जहाज सङ्गै मेरो सपनाहरु आकाशमा उडन थाल्यो सायद मेरो भबिस्यमा मेल खाने गितहरु अर्को हुन थाल्यो अब ।
सधै म आकाशलाई हेर्ने मान्छे आज आकाशबाट भुईलाई हेर्दै छु । मलाई त्यै दिन मात्र लाग्यो कुहिरो त कति राम्रो हुदो रहेछ जब मैले ती सेता मिलेका जहाज मुनिको कुहिरोहरु नियालिरहेको थिए । लाग्थ्यो परिको कथाहरुमा आफुलाई राजकुमार बनाएर अनि पानी पधेरिमा आउने साइलिलाई राजकुमारि बनाए वायुपन्खी घोडामा उडिरहेको छु । मनमा मुस्कान लिएर धित मरुन्जेल यो कुराहरु सजाउदैछु । कस्तो मजा आएको उनिलाई परिकल्पना गरेर बादलको माथी उड्नु । हुनत मेरो मन नै यास्तो छ ठाउ विशेष परिबर्तन भैदिहाल्छ राम्रो घर देख्छु बाबा आमालाई कोदोको तोम्बा ( जाड )बनाई दिएर खुशी – खुशी गफ गर्दै चाउरी परेको बानाआमाको गालामा खोलाको डोवहरु एकठाउबाट अर्को ठाउमा पुग्ने गरि हसाउने ।
जहाजमा एउटामात्र गुनासो गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो नेपाली airline को म्युजिक प्लेअरमा नेपाली बिल्कुलै राखिएको थिएन खाली हिन्दी ,अङ्ग्रेजी यतिकैमा निधाएछु । एकै चोटि इन्डियाको इन्द्रगान्धी airline मा मेरो खुट्टाले दोस्रो पल्ट स्पर्श गर्दैछ । पहिलो पल्ट २०१६ मा इन्डियन आर्मीमा भर्ती भएर गुम्पाड जादा अनि आज । इन्डियाबाट साउदिकोलागि प्लेन ट्रान्जिट थियो । हामिहरु केही फोटो खिच्दै प्रतीक्षालयमा करिब २ घन्टा बसिम ।
अब जिन्दगीले नयाँ मोड लियो … मेरो र सबिनको सिट नम्बर चेन्ज भयो १८ सिटमा पुगेछु सबिन खै कतिमा थियो याद भएन । म झ्याल पट्टिको सिटमा थिए मेरो सिट खालि थियो । मनमा फेरि एउटा खुन्दुलीले राज गर्न थाल्यो को आउला आफै प्रस्न गर्थे । सबिनहरु चै सेल्फी हान्नमा ब्यस्त ।
आखाले बाहिरको दृश्य नियाल्न पुग्थे कहिले भित्रको त्यो अपरिचित अनुहार हेर्थे फेरि बाहिर हेरे अचानक आँखा किन ट्क्क अडियो बाहिर यस्तै देख्दैथे हातमा फोन अर्को हातमा सानो ब्याग , भएकी करिब १९ बर्षको केटि हामी भएको जहाजमा चडिन उनको निगरानी गरिरहे ढोकाबाट देख्न बितिकै मनमा कुन्नी किन अर्कै आभास हुन थाल्यो उनी उज्यालो आँखा , सुडौल पाखुरा ,छिनेको कम्मर ,फुकेको छाती आँखा को भाबले नै प्रसन्न मुद्रामा देखिन्थिन पूरा अनुहार आँखा बाहेक बुर्काले डाकिएको थियो । ढडकनको गति रफतारमा आँखा अझ सल्बलाउन थाले नभन्दै मेरो सिटलाई नजरअन्दाज गर्न पुगिन । उनको पहिलो आवाज excuse me . म: मुख कमाउदै yes . उनी: may i site म: sure .
अब कथाले साच्चै मोड लिदैथियो मुटु ढुकढुक , अनुहारमा पसिनाले चिट काड्दै शरीर छोएलाकी भनेर सजकता अपनाउदै । फेरि कल्पना गर्न थाले गाजालु निलो समुन्द्र जस्तो आँखा सायद बलेको अनुहार होला । कल्पना गरे यो आँखा जस्तै उनिको ओठ छ । एक्कासि अर्को सब्द मलाई नियाल्दै बोलिन आँप किदरका हे ? म : नेपाल से । उनी : खुब सुरद जग्गा हे न । म : सुकृया , अछा हे हामारा लोग । आफ किदर से ? उनी : साउदी , मेरा मदरका घर इदर ईन्डिया हे ।
[ सोध्न मन लागेको थियो कसरी हिन्दी बोल्नु हुन्छ फेरि सोछे सायद इन्डियन आमा भएर होला ]
क्रमश कुराहरु अगाडि बड्दै जान्छ मलाइ हिन्दी भासा मुस्किल ले आउथ्यो । हामी कति नजिक भएर बोल्न थालिम अन्तत : अनुहारको बुर्का खोलिन कति राम्री बलेको बनुहार , मिलेको दात मैले कल्पना गरे जस्तै थिन मनको डरहरु भागेर उनको समीप पुगिसकेको थिए । घरी इन्डियाबाट ल्याएको कोसेली दिन्थिन ।
अन्ततः हामी साउदी जिजान ओर्लिसको थियौ । खै कहाँ थिए मेरा घरको अनि ती बाबा आमाको याद अनि कहाँ थिए ती पधेरिमा आउने साईलिको याद । तर किन किन सारै नमजा आभाष भैराथ्यो । हामी यसरिनै छुटिम साउदिको कानुन अनुसार बोल्ने अधिकार थिएन त्यसैले उनिले पनि मलाई फेसबुक आईडी दिइन ।
अब हामी भेट्ने बाताबरण थिएन बर्सौ देखि गासिएको नाता जस्तो कस्तो आभाष कस्तो बेचनी कस्तो अनुभुती मलाई नेपाल छोड्दा जति गाह्रो थियो मुनिरालाई छोड्दा त्यस्तै गाह्रो भैरहेको थियो उनी अलिक अगाडि झरिन तर मलाई त्यो बुर्काले सजिएको निलो आखाले ७/८ चोटि हेरिन मैले नि उसै गरि मायालु तरिकाले हेरिरहे । त्यो बेलासम्म मुख सुकिसकेको मानौ प्यास लाग्यो जस्तो शरीर थाकिसकेको मानौ दिन भरी काम गरेको जस्तो आँखा चमक बिनाको मानौ धेरै रात अनिदो जस्तो ।शरीर नै लथालिङ्ग केही हराए जस्तो केही गुमाए जस्तो । किन हो खल्लो महशुस भैरहेको थियो लाग्छ हामी धेरै पुरानो प्रेमजोडि हौ ।
नेपालमा भए कुदेर गएर आमासङ्ग यी कुराहरू साटासाट गरेर मन हल्का त पार्थे उफ [लामो स्वास फेर्छु ] उता कम्पनी को गाडी लिन airport माई आइसक्या रहेछ आफ्नो – आफ्नो सामान बोकि हामी कम्पनी तिर लागौ नेपाली दाइ आउनु भएको थियो लिन उहाँ चितवनको हुनुहुदो रहेछ । साथीहरूले ब्याग्यात्मक तरिकाले सुनाउन थाले मुरिनासङ्गको सङ्गै बसेको सङ्गै खाएको छुट्टीने बेलाको त्यो मुनिरा र मेरो प्रतिबिम्बहरु । दाईले नेपाली गित “कम्मर माथी पटुकी” लगएर speed हान्नु भो ।त्यो speed सङ्गै मुरिनासङ्ग नाम सोधासोध एक अर्काको बारेमा मन खुल्ला बनाई त्यो आकाशमा उढ्दै गरिएका कुराहरुले दिमागमा अझ द्रुतगतिको स्थान लिरहेको थियो ।
थोरैमात्र ख्याल गरेको थिए साउदिमा केटिसङ्ग बोल्न मिल्दैन आँखा जुदाउन पाइदैन विश्व को नम्बर एक कडा कानुन भएको देश हो । त्यसो त त्यति बेलामात्र होशमा आए फेरि उस्तै बुर्का लगाएकी छोरिमान्छेहरु एक हुल हिडिरहेकी रहेछिन । त्यो बेला मात्र सम्जे airport कस्तो थियो होला । बाहिर त कति राम्रो कति ठूलो -ठूलो बिल्डिङ म आफै उम्किन्न मन लाग्यो यत्रो शहर अनि मुरिनाको याद देखि साथिहरु ४० तल्ला ६० तल्लाको आवाज निकालिरहेको थियो । आफुलाइ भने यादहरुले झन झन पिरोली रहेको थियो ।
हामी त्यसरी नै उता कम्पनी पुगेर अफिस रुममा गई परिचय दिन थालौ सेतो कालो कुर्ता लगाएको साउदीयन बोसहरु (सलामालेकु भाईसप – नमस्कार भाइ )
अलि पछि पो था भो (मालेकुम सलाम) भन्नू पर्ने रहेछ। त्यो बेला उज्यालो अनुहार बनाउन प्रयत्न गरिरहेको हुन्थे । english मा र हिन्दीमा परिचय दिनु पर्ने । म हिन्दिमा भन्दा english मा पोख्त भएकोले english भनिरहेको थिए । कोहि साथिहरु
बोसले your name places भन्दा उत्तर यसरी दिरहेको थियो हिन्दीमा आपको नाम ईश्वर हे भनिरहेको थियो यस्को मत्लब त्या तपाईंको नाम ईश्वर हो भैरहेको थियो जहाँ मेरा नाम हुनु पर्ने थियो । त्यो बेला चै आफुलाई सम्हाल्न नसक्ने गरि हास्न खोजिरहेको थिए तर आफ्नोपन देखाउन नमिल्ने ।
त्यो रात घरमा फोन गरे आमा म पुगे है । अनि साईलिलाई नि फोन गरे अनि मेरो हजुर मेरो याद आएको छैन भन्दै जिस्काईरहेको थिए । साईली बिचरा सोझी असाध्यै राम्री उनको तारिफ र उनलाइ मन नपराउने सायद कमै थियो गाउघरमा पल्लो गाउसम्म साईलिको कुरा आउथ्यो । कसैले मेरो भान्जासङ्ग कसैले मेरो .. सङ्ग साईलिलाई बिहे गरिदिन्छु भन्ने तर कस्लाई के था साइलि र मेरो अर्गानिक माया ।
कहिलै प्रपोज गरिन न साईलिले गरिन हेराहेर हुन्थ्यो गाउमा भएको मेला बिहेतिर मझाले नाचिन्थ्यो एक दुई जनालाई मात्र था थियो साइली र मेरो बारेमा । धेरै रात छन साइलीसङ्ग सङ्गै मेलाबाट दुईजना मात्र आएको अनि धेरै दिन छ साईलीसङ्ग जङ्गलमा साथीहरू सङ्ग घाँस दाउरा गर्न जादा जङ्गलको बिचको चौरमा बसेर असंख्य सपनाहरू बुनेको अनि धेरै दिन छ सङ्गै खेतलामा मकै गोडेको , आलु रोपेको ,कैले गितहरुबाट वल्लो डाढा पल्लो डाढा जुवारी खेल्थिम आहा मनै प्यारो हुने गरि । साईली साच्चिकै राम्री मात्र होइन कसैलाई बिझाउने काम गरेको याद छैन कसैलाई नमिठो बोलेको याद छैन सधै हसिलो अनुहार , सर्मिलो मननै लोभ्याउने बोली साचै साईली कुनै फिल्मको हिरोनी भन्दा कम छैन । म त यता पो भुलिएछु यस्तै भन्छु जो मायाको कुरा गर्छ्न म सङ्ग त्यो बेला मायाको अर्को नाम साईली जोडिदीन्थे ।
यता साउदिको सिम झिकियो , कामको तालिम लिन अक्कामा ( साउदिको बसाई अनुमानि कार्ड ) बैन्क खाता स्वास्थ बिमा सबै गरियो । कामसङ्गै ड्राईभिङ्ग नि सिकियो तर बिच-बिचमा उनकै याद मोबाईलको sms बक्सले मुरिनाको नै पर्खाई गर्थे । एक्दिन त मैले मुरिनाको फोटो तानेर वालपेलर बनाएको थिए सायद किन के थियो उनि सङ्ग मेरो । उनिलाई नै खोजिरहन्थे जसरी गाउमा साइलिलाई खोजिरहेको हुन्थे । कैले त आफै sms गरिहालौ झै लाग्थियो तर हातको औलाहरु कप्पथियो ढडकनको गति बडथ्यो । म यसरिनै रोकिरहे सयौ पटक । डर एउटै थियो यहाको कानुन भन्दा म माथी छैन भनेर । म एकहोरिएको थिए एकापट्टी भाषाको समस्या अर्को तिर नयाँ ठाउँ धन्य काम सजिलो थियो ।
जिन्दगी तर यहाँको तातो घाम जस्तै उच्च सोचाइमा नुनिलो पानी जस्तै खल्लो भैरहेको थियो ।
एक्दिन हामी समुन्द्रमा गएको थियौ शुक्रबार करिब ३६ दिन जति भएको थियो । हामी चिसो कोक पिउदै समुन्द्रको त्यो छाल आफ्नै गतिमा रमाईरहेको हेरिराथौ त्यतिकैमा फेरि चिसो नपुगेर सबिन तिमिजाउन है भन्दै थिए । अचानक मुरिनालाई देखे अनुहार हतार फर्काए यो पटक म के भए भए धेरै पावरको भोल्ट शरिरिमा लगाए जस्तो यो पालित अनुहारमा मात्र होइन शरीरभरी पसिना त्यो समुन्द्रको छालले शरीर सितल बनाउन खोज्यो तर समुन्द्र आफै हारिरहेको थियो ।
लाग्थ्यो आकाश झर्यो म मर्नलाई अन्तिम स्वास फेर्दैछु । नभन्दै मुरिना त्यै बाटो आईन लौन झन के भो के हतार उठेर म पसल जान खोजे मुरिनाले देखिहालिन मैले आँखा अर्को पट्टि तिर तेर्साएर ताकी उनको परिवारलाई थाहा नहोस । उनि सबै भन्दा पछाडि सरि अनि फिल्मको सिन जस्तै मलाई एकटक मायालु तरिकाले हेरेर गै म अकमक्क । ठाउँको ठाउँ बेहोस बनाइन ।
अब चै आफुलाई सम्हाल्न सकिन यै समुद्रमा बिलाउन मन लाग्यो । आफुलाई सारै अभागी महशुस हुन थाल्यो कमसेकम बोल्न त पाउनु पर्छ नि एक्कासि बाहिरै आवाज निकालेछु । यो बेला चै साथीहरूलाई थाहाभो मुरिनाले मन पराउदि रहेछ अनि मलाई पनि मलाई पनि नत्र त्यत्रो गरि किन हेर्थिन त्यो नि पछाडि सरि सरि । सबिनले भन्यो बोल्न त के साथी हेर्न त पाइदैन । कुरा हो पनि ।
अर्को दाई नेपाली मलाई हेरेर निल्ल पर्नु भो म प्रती सारै माया पलाए जस्तो । अलिक पर पुगेकी थिन फेरि एकचोटि फर्केर हेरिन बस मेरो छट्पटी देखिन म उभेर यता उता गर्दैथिए केही हराए जस्तो सबिनले एउटा् हातमा दरो पक्डिरहेको थियो । झन त्यो हेराई आखामा आँसु आएछ । म रुन थाले मन यति धेरै चर्किएको आभाष भो मानौ अब केही छैन मरिदिम छातिमा हान्न थाले कपाल तान्दै ।
दाइ: भाइ तिमी के भको तिमी आफै बुझ तिमी कहाँ छौ , तिमी को हौ , तिम्रो परिवार , आमा साइलि ? यो बेला मेरो अनुहारमा मुस्कान पट्टकै आएन जब साईली र आमाको कुरा आउथ्यो मेरो अनुहार उज्यालो हुन्थ्यो । था भो मायानै बसेछ । मुरिना आकाशको तारालाई हेर्न मात्र सक्छु बयान गर्न मात्र सक्छु तर छुन सक्दिन आफ्नो बनाउन सक्दिन ,
त्यस्को २ दिन पछि ट्ङ्ग मोबाइलमा sms आयो ( सरिता खतिवडा ) हाल साउदी खासै वास्तै गरिन sms खोले । भाइ नमस्कार म मुरिनाकोमा काम गर्छु । मुरिना यहाँ रात दिन छट्पटी रहन्छ । sms गर्या रहेछ तिमिलाई । अब के गर्छौ भाइ कस्तो हो यो नाता इतिहासमाई पहिलो हो सायद ।
आँखा भरी आँसु मोबाइलकोपनि आशुले भिज्दैथियो मन सम्हाल्न सकिन हतार हतार मोबाइलको स्पाम बक्समा हेर्छु त गन्नै नसकिने sms एकै चोटि कम्जोर भए ( app ke se he ) aap kiyu mera saath baat naikartaa he …. फेरि रुदै sms गरे दिदी म नि उस्तै भएको छु खै के भो आधामात्र बाचेर जिन्दगी चलाईरहेको छु जस्तो।
दिदी : अब के गर्छौ त भाइ ? मुरिनानि उस्तै भएको छ? कैले पागल जस्तो गरेर नेपाली भाषा म सङ्ग सिक्छिन , धन्न उस्को परिवारमा था छैन ।
म : हारे दिदी कस्तो ठाउँमा कस्तो ब्यक्तीसङ्ग भेट भो । म के गरौ ।
दिदी : भाइ केही उपाय छैन तिमिले झुक्किएर सपनामा कसैलाई भेटौ ।
म: त्यै झुक्याएर भेट भो र त दिदी म अझै त्यो प्लेन अनि त्यो सिट त्यो नेपाल विमान स्थलसङ्ग रिसाउछु ।
दिदी : तिमीलाई यहाको सरकारले नासो होइन मृ त्यु मात्र दिनेछ। “बाई” भाइ भन्दै दिदी अफ भैइन
म बाथरुमा गएर पुराई शरीर भिजाउदै रुन थाले हात टोके .. फ्रेस भएर आए : हाई मुरिनाanaa jidana asif : माफ गर्नुहोला । mesthalak [ I’m remember you ] aapka sms seen nahihoratha nepali “ukht ” दिदी .. hena merako sms bheja uskaa bat pataa ho gaa …etc. sms त 1/2 पेज छोडे तर कैले हेर्ने हुन त्यस्को पिर हुन थाल्यो ।
बाराम्बार कौतुहल्ताको साथ sms को पर्खाई गरे दोहोर्याउदै sms हेरे आफ्नो नि केही गल्तिपो लेखेकी भनेर चेक गरे कस्तो संयोग त्यो दिन होलिडे थियो । कैले मोबाईल टिङ्ग बज्थ्यो हत्तपत्त हेर्थे अझै उत्साह चै उस्तै थियो करिब २ घण्टाको दौडान पछी टिन sms फेरि आयो .
सुरुमाई लेखेको थिन ।
salamalekum azik ( नमस्कार आरामै हुनुहुन्छ ) सामान्य भाषा था भैसकेको थियो त्यै पनि उनिसङ्ग english , हिन्दी मामाघरमा सिकेकोले उनलाई सजिलो यस्ता भासाबाट कुरा हुन थाल्यो …. ओठ भरी मुस्कान मन प्रफुल्ल दुनियाँ पाए जस्तो , संसारको सबैभन्दा खुसिको दिन जस्तो । ……….. कुराकानी … दिन दिनै यसरी बोल्न थालिम सायद त्यो जहाजमा बसेको ४ घण्टा भन्दा प्यारो गरि अब त उनी मलाई घुर्की लाउने भकी थिन । सताउने गर्थिन उनको सुन्दरता खै शब्द पाउथिन । यतिसम्म माया बस्यो हामी छिन- छिनमा बोलिरहनथिम मलाई साउदियन नाम “अबुद ” राखिदिएकी थिन मैलेनी नेपाली नाम ” सेन्मी ” जस्को अर्थ सपना राई भाषामा ।
कैले काहीँ मलाई पैसा पनि हाल्दिन्थिन सरिता दिदिको नामबाट धन्न दिदी जोगिरहनु भको थियो त्यो बेलासम्म अरुलाई था भो भने न दिदि न भाइ लास मात्र फर्किन्छ भन्न्ने पक्का थिम हामी । दिदिसङ्ग नि यस्तै कुरा गर्दै हास्थिम । मुरिनाले दसै तिहारको शुभकामना दिने गर्थिन म रम्दान, इद मुबारक भन्दै शुभकामना दिन्थे ।
मुरिना चलाख थिन हेर्न मन परेमा घरको सबैलाई बहाना बनाएर समुद्र निस्किन्थिन म नि कामबाट आएर चट्क्क परेर राम्रो भएर निस्किन्थे म टाढाबाट उसैगरी हेर्थे । फिल्मको कथा जस्तै हामी त्यो पलमा रमाइरहेको हुन्थ्यो । सारै मजा आउथ्यो धेरै जोखिमको बाबजुद गरेको माया साथमा हुदा । अब त बिर्सी सकेछु ती दुख सुखको साईलिलाई पनि ..
अझ साथीहरूले रबिक ,जिजान ,अल्कोबार अनि लुलु मार्केट जादा (क्रमशः ठाउँको नाम ) साउदियन जोइ माफी मुस्किला – सौदियन जोई चिन्ता छैन अनि सादिक (साथी) ससुरा भन्दै जिस्काउने अधिकार पाएको थियो ।
करिब १४ महिनापछि हाम्रो मायामा आधी हुरि आयो । म कुनै कुनै बेला भिडियो कल गर्थे घरमा शंका गरेर cc camera जडान गरेको रहेछ । मुरिनाले बल्ल पो थाहा पाएछ । हामी धेरै अत्तालिम मेरो र उनको भिडियो रेकर्ड रहेछ अब त मेरो होस बास हरायो अब मृत्यु दणडको लागि तयार हुनु बाहेक विकल्प थिएन आफुलाइ धेरै धिकारे , आमा ,साईलिलाई धेरै सम्जे त्यो भन्दा बडि मुरिनाको माया ..
तर भाग्य बस त्यै बेला उनको बाबा कामले दुबै तिर अर्को दिन जानू पर्ने .. अब अलिकति धेरै दिन बाच्न पाईने भो । मानौ बाच्ने भाग्य रेखा पर्यो ।बिकल्प छिटो नेपाल भाग्ने मैले सुनेको थिए बिहे गर्नु छ भनेसि कुनै पनि कम्पनिले रोक्छेक गर्दैन छुट्टी दिन्छ । त्यसमाथी मेरो त १२ महिना पछि नेपाल जान पाउने agreement थियो हत्तार हत्तार सुपरभाइजरसङ्ग कुरा गरे जाने नेपाली मध्येमा मलाई धेरै राम्रो गर्थें ।
एउटा बिहेको निमन्त्रणा कार्ड लिएर आउनु भने त्यस्को ३ दिनमा नेपाल भाग्दै थिए । मुरिनलाई वृतान्त सुनाए अब त झन पो गाह्रो पर्यो मलाई उसलाई नलगि नेपाल फर्कियो भनेत उनके आ त्माह त्या गर्ने भनी । फसादमा परे कहिलै मुरिनासङ्ग प्रत्यक्ष नभेटेको आज जसरी भेट्नु पर्ने उ समुद्रमा सरिता दिदी सङ्ग आउदैछ म सबिनसङ्ग ।
हामी हिडौ हामी पुग्दा आत्तिएको अनुहारमा दिदी र मुरिना मलाई झन मुटु फुट्ला जस्तो भो । त्यो बेला मुरिनाले सरिता दिदिको कपडा लगाएर आएकी थिन सायद साउदियन भनेर नचिनोस भनेर हुन सक्छ । अत्तालिएर धेरै कुरा भयो अनि त्यस दिन राती मुरिना र मैले योजना बनायौ जुन सरिता दिदिलाई नि थाहा थिएन मुरिनासङै नेपाल फर्किने जे पर्ला भन्ने सोच्ले हामी हस्याङ्ग फस्याङ्ग तयारिमा लागिम आफ्नो -आफ्नो ठाउबाट नजिकै airport मा इन्डियाको टिकेट काट्न भ्याएछिन ।
एक्दिन बाकी थियो फोन लगातार ढुकढुक रुमनै थर्किने गरि म भन्दा सबिन डरले कापिरहेको थियो। उस्लाई नि उसैगरी डर छ भिडियो कलमा कैले बुहारि कैले भाउजू भन्दै जिस्काएको cc camera मा कैद पो होलाकी भनेर कैले यता कुद्छ कैले उता पिर उतिक्कै छ उस्लाईनी पनि । कैले मलाई सम्झाउन खोज्छ ।
भोलि हाम्रो उडान कसैले रोक्छ कि भन्ने मुरिनाको मामा airport को कर्मचारी रहेछ बस उसैकोमात्र डर तर इन्डियन हो खासै केही नगर्ला भन्ने ।
अर्को बिहाननै म ट्याक्सीबाट निस्के उनी पनि सरिता दिदिसङ्ग आउदैथिन ।मलाई पनि सबिनले चिन्तासरी पुराउन जादैछ मनमा डुकडुक घण्टी बजिराछ । ac अन छ कपडा निथ्रुक भिजेको छ । हामि airport पुग्दा उनि छिरिसकेको रहेछ भित्र प्रतीक्षालयमा म नि चेकजाँच गरेर पुगे । हामिमा एउटा खेल जिते जस्तो हर्ष उल्लास अनुहार भरी खुशी कताई खालिठाउ थिएन खुसिको । म गजबले महसुुस गर्दै आमा बिहानै उठेर हजुरलाई सघाउने , सबैलाई चिया , पिरा दिने , आफ्नै कुलको भाषा बोल्ने फर्सिलो बुहारी लिन सकिन है अब भने प्लेन उड्न ग्रयाक ग्यार्काक म बिउँझे सपनामा पो थिएछु थुइक …
तर अब चै शुरु हुने भो रियल कथा
साइक्डबाट : उस्तै निलो आँखा भएको एउटै सिटको अरबिक केटिले excuse me we are landing my country saudi . have great time भन्दै एउटा लेटर हातमा थमाउछिन ..
लेखक : sumansu rai पाँचथर एक्तिन , हाल काठमाडौ नमस्कार यदि अर्को भाग चाहानु हुन्छ भने प्रतिक्रिया दिनुहोस् है । अनि माफ गरिदिनु होला तपाईंको अमुल्य समय लिए धन्यवाद ?