
उपमेयरमा चुनाव लड्दा ९९ भोट मात्रै ल्याएकी रेणुका राज्यमन्त्री बनेपछि…
समाचार
June 5, 2021AdminLeave A CommentOn उपमेयरमा चुनाव लड्दा ९९ भोट मात्रै ल्याएकी रेणुका राज्यमन्त्री बनेपछि…
काठमाडौं : शुक्रबार मात्रै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी रेणुका गुरूङले २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा ९९ मत मात्रै प्राप्त गरेको खुलेको छ।
उनी काठमाडौंको टोखा नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन्। तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उम्मेदवार बनेकी गुरूङले उपप्रमुखमा ९९ मत पाएको निर्वाचन आयोगले जनाएको छ।
टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)की ज्ञानमाया डंगोल निर्वाचित भएकी थिइन्। उनले आठ हजार ९८ मत पाएकी थिइन्।
सुनसरीको रामधुनी नगरपालिका–६ की गुरूङ गुरूङ राजनीतिमा लागेको पनि ४ वर्षमात्रै भएको छ।
तर उनैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
नागरिकतामा कडाइ नगरे दुईटा निर्वाचनपछि देश नेपालीको हातमा रहदैन
नागरिकतामा कडाइ नगरे दुईटा निर्वाचनपछि देश नेपालीको हातमा रहदैन
FacebookTwitterPrintEmailMore
जनकपुरधाम : प्रदेश २ का प्रमुख डा. राजेश झा ‘अहिराज’ले नागरिकतामा कडाई नगरे दुईटा निर्वाचनपछि देश नेपालीको हातमा नरहने औल्याएका छन् ।
एक टिमीमा अन्तरवार्ता दिँदै प्रमुख प्रमुख झाले नागरिकता वितरणमा कडाइ गर्नुपर्ने धारणा राखेका हुन् ।’ जनसिद्ध नागरिकलाई बंशज नागरिकता दिने सरकारको निर्णयको उनले विरोध गरेका छन् ‘। सहज तरिकाले जीमेल, फेसबुक र ट्वीटरको एकाउन्ट बनाउन पाएजस्तो सहज रुपले नागरिकता वितरण गर्न नहुने उनको तर्क छ ।
नागरिकता जानकी मन्दिर र पशुपतिनाथ मन्दिरमा लाइन लागेर पाइने कुरा नभएको उनको भनाई छ । उनले यहाँका बंशजहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
नागरिकता अध्यादेशवारे आजै सर्वोच्चको आदेश
मधेसी दललाई फुटाउन सरकारले हालै जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध आज सर्वाेच्चको संवैधानिक इजलाशमा सुनुवाई हुन लागेको छ’ ।
अध्यादेशबिरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित अधिवक्ताहरु विष्णुकुमारी गिरी,रामबहादुर शाही,कुलबहादुर बोगटी,बीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका तर्फबाट सो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेलसमेतको ६ वटा रिट दायर भएको थियो’ ।
सो रिटउपर सुनुवाई गर्न प्रधानन्यायधीश चोलेन्द्रसमशेर ‘राणाले आज संवैधानिक इजलाश गर्नुभएको छ ।विगतका तीतोबाट पाठ सिकेर यस पटक आफूसहित वरिष्ठ न्यायाधीशहरुलाई रोलक्रम अनुसार इजलाशमा समेटिएको छ ‘।
नागरिकता अध्यादेशविरुद्ध रिट सुनुवाई गर्ने रोलक्रमअनुसार राणासहित दीपकुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई समेटिनुभएको छ ।
अदालत श्रोतका अनुसार,बरियताक्रममा हरिकृष्ण कार्कीपछि रहनुभएका विश्वम्भरप्रसाद श्रेष्ठ कन्ट्याक्ट ट्रेसिङमा परी होम आइसोलेसनमा रहेका कारण उहाँका ठाउँमा रोलक्रमअनुसार उहाँपछि रहनुभएका ईश्वरप्रसाद खतिवडालाई समेटिएको हो ।
यता आजै सर्वाेच्चमा फुल कोर्ट बस्दै छ । ‘संवैधानिक इजलाशसम्बन्धी नियमावली ०७२ संशोधन गर्न सबै न्यायाधीश बस्ने कार्यक्रम तय भएको हो ।