
असार १ देखि विद्यालय खुलाउने वीरगञ्ज महानगरपालिकाको निर्णय
June 5, 2021 36
16
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
पर्सा : पर्साको वीरगञ्ज महानगरपालिका भित्र असार १ गतेदेखि क्रमिक रुपमा विद्यालय खुल्ने भएको छ। असार १ गतेदेखि कक्षा ८ भन्दा माथिका कक्षा सञ्चालन गर्ने निर्णय भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार निरौलाले उज्यालोलाई जानकारी दिनुभयो ।
विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौलमा परेकोले क्रमिक रुपमा विद्यालय खोल्ने रणनीति अनुसार असार १ गतेदेखि माथिल्लो तहको कक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँको भनाइ छ। विद्यालयमा भौतिक उपस्थिति गराइ पठनपाठन गर्न विद्यार्थीका भिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना गर्नुपर्ने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले विज्ञप्ती निकालेर जानकारी दिनुभएको छ ।
यस्तै वीरगञ्ज महानगरपालिका भित्रका विद्यालयहरुमा असार १ देखि ७ गतेसम्म विद्यार्थी भर्ना लगायत व्यवस्थापकीय काम हुने भएको छ । यही असार ८ देखि १५ गतेसम्म भर्ना सप्ताह अन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने महानगरपालिकाको निर्णय रहेको छ । असार १५ गतेपछि भने नियमित रुपमा सबै विद्यालय खोल्ने तयारी भएको महानगरपालिकाले निकालेको विज्ञप्तिमा भनिएको छ ।काठमाण्डाै : नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले पुस्तक छपाएर देशभर बिक्री वितरणको काम सुरु गरेको छ । नयाँ शैक्षिक सत्र सुरु हुन एक अहिना अघि नै जेठ मसान्तसम्ममा पुस्तक वितरणको काम सक्नु पर्ने भएकाले जनक शिक्षाले वितरणको कामलाई तीव्रता दिएको हो ।
आउँदो वर्षको नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाले कक्षा एकदेखि १० कक्षासम्मका एक करोड ७० लाख थान पुस्तक छापेको छ । लिमिटेडले गएको सोमबार देखि नै देश भर रहेका आठवटा प्रादेशिक कार्यालयबाट ती पुस्तक बिक्री वितरणको काम थालेको जनक शिक्षा सामाग्री लिमिटेडका निर्देशक अनिलकुमार झाले बताउनुभयो । अहिले विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढीमा रहेको प्रादेशिक कार्यालयबाट वितरण भइरहेको छ ।
को’रो ना महामारीले देशभर सहजै रुपमा पुस्तक पठाउन र वितरण गर्न भने केही समस्या भएको तर सरकारले तोकेकै समयमा विद्यालयमा पुस्तक पुर्याइने निर्देशक झाले बताउनुभयो। को’रो ना सङ्क्रमणको जोखिमका कारण अहिले पुस्तक पसल बन्द रहेकाले बिक्री वितरणमा केही समस्या आएको झाले बताउनुभयो ।
पुस्तक पसल खोल्न दिने व्यवस्था गरिदिन लिमिटेडले आग्रह गर्दै शिक्षा म’न्त्रालयमा पत्र पठाएको र सरकारले निर्णय गर्ने बित्तिकै सहजै पुस्तक विद्यालयको पहुँचमा पुग्ने उहाँको भनाइ छ । अघिल्लो वर्ष पनि सरकारले देश भरका पुस्तक पसल खोल्न दिने निर्णय गरेसँगै जनक शिक्षाले नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु गरेको थियो ।