आइतबार १७ मंसिर २०८०

सागर प्रधान जो झापामा आफ्नि आमासग बस्दै आएका छन् ।उनलाई यो ढंगको रोग लाग्यो कि नत उनले जीवन जिउन सके नत्र मृ`त्यु कुरेर बस्न नै ।उनी उमेरको हिसाबमा पनि कलिलै छन् मात्रै २७ बर्ष ।भर्खर खाउखाउ लाउलाउ भन्ने उमेरमा उनको यो बेहालतले आमामा पर्न गएको दुख हामी सहजै आकलन गर्न सक्छौ ।

आफ्नो श्रिमान र जेठो छोरो पनि यहि रोगले बितेको आमा बताउनुहसन्छ ।खासमा यो रोग हो चहि के हो कसैले पनि बुझ्न जान्न र चिन्न सकेन् ।एकाएक चिच्याउने र सर्प जस्तै बटारिन खोज्ने साथै दिशा पिसाब एकै ठाउँ हुने ।यो अनौठो खालको रोग जुनबाट यी २७ बर्षिय सागर गुज्रिरहेका छन् ।

शरिरमा प्रसस्तै घाउहरु छन् ।नत उनी बोल्छन् नत खान्छन नै ।अहिले आमा छोरा आफन्तकोमा बस्दैरहेछन् ।आफ्नो घरमा श्रिमान र जेठो छोरो गुमाइसकेपछि र छोरोको पनि यो हाल भैरहदा बस्न नसकेको र यहाँ आएर बस्नुपरेको आमा बताउँछिन् ।आफुसग अब जग्गा जमिन केही पनि नभएको र लाचार भएर बस्न बिबस भएको भन्दै आमा भक्कानिएर रोइन पनि ।

हेर्नुस् भिडियो सामाग्री


Last Updated on: June 5th, 2021 at 7:12 pm
७८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया