शुक्रबार ०५ आश्विन २०८०

युक्रेनलाई लामो दूरी प्रहार गर्ने ह,तियार दिए आ,क्रमण झन् तीव्र पार्ने रूसी राष्ट्रपति पुटिनको चेतावनी:-किभ/मस्को — युक्रेनको डोन्बास क्षेत्रमा पछिल्लो समय युक्रेनी र रुसी सेनाबीच पुनः यु’द्ध चर्केको छ । दुई पक्षबीचको संघर्षका क्रममा एक रुसी जर्नेलको मृ’त्यु भएको जनाइएको छ ।

रुसी सरकारी सञ्चारमाध्यमले यु’द्धका क्रममा सैनिक जर्नेल रोमन कुटुजोभको ज्या’न गएको पुष्टि गरेको छ । युक्रेनी सशस्त्र फौजले पूर्वी डोन्बासस्थित यु”द्धस्थलमा कुटुजोभ मा’रिएका जनाएको छ ।

रुसले स्वतन्त्र राज्यको मान्यता दिएको दोनेत्स्क क्षेत्रबाट अघि बढेको सैन्य फौजको नेतृत्व कुटुजोभले सम्हालेका थिए ।

यु’द्धका क्रममा कम्तीमा ७ जना वरिष्ठ रुसी अधिकारी मारिएका पश्चिमा देशहरूको भनाइ छ । तर आफ्नो जवाफी आ’क्रमणमा मारिने वरिष्ठ रुसी सैनिक अधिकारीको संख्या १२ पुगेको युक्रेनको दाबी छ ।

पछिल्लो समय रुसी फौजले युक्रेनको राजधानी किभमा पनि भी’षण आ’क्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रुसले कैयौं सातापछि पहिलोपटक आइतबार किभका कतिपय स्थानमा हवाई आ’क्रमण गरेको हो

रुसले युरोपेली देशहरूले पठाएका सैन्य सामग्री तथा ह’तियार रहेका ट्यांकमा आ’क्रमण गरेको जनाएको छ । तर रुसी सेनाले रेलवे मर्मत केन्द्रमा आ’क्रमण गरेको युक्रेनको दाबी छ ।

रुसले मार्च अन्त्यमा युक्रेनी राजधानी किभ वरपरका क्षेत्रबाट आफ्ना सैनिकलाई फिर्ता लगेर डोन्बास क्षेत्रमा केन्द्रित गरेको थियो । त्यसयता रुसले उक्त क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । उसले पूर्वी क्षेत्रको सयौं किलोमिटर भूभाग आफ्नो नियन्त्रणमा लिइसकेको छ ।

पछिल्लो समय सेभेरोदोनेत्स्क क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास जारी रहेका बेला पश्चिमा देशहरूले थप शक्तिशाली र विकसित खालका अस्त्र पठाउने प्रतिबद्धता जनाएका छन् । अमेरिकाले उच्च गतिसहितको रकेट प्रणाली एचआईएमएआरएस पठाउने घोषणा गरेको थियो ।

उक्त रकेटले निकै टाढासम्म अचूक रूपमा निसानामा प्र’हार गर्न सक्ने जनाइएको छ । बीबीसीका अनुसार अमेरिकाले उपलब्ध गराउने वाचा गरेको एचआईएमएआरएसले ७० किलोमिटर परसम्म प्र’हार गर्न सकिने जनाइएको छ ।

रुसी भूभागमा प्रहार नगर्ने युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको प्रतिबद्धताफछि ती हतियारहरू युत्रेनलाई उपलब्ध गराउने निर्णय भएको अमेरिकी राष्ट्रपति कार्यालयले जनाएको छ ।

अमेरिकी सैन्य सहायता प्याकेजमा हेलिकोप्टर, ट्यांकविरु’द्ध प्रयोग गरिने अस्त्र, रणनीतिक सवारीसाधनलगायत सैन्य सामग्री रहेका बीबीसीले जनाएको छ ।

त्यस्तै, रुसी आ”क्रमणबाट युक्रेनी सहरलाई जोगाउन जर्मनीले आधुनिक वायु प्रतिरक्षा प्रणाली आइरिस–टी पठाउने प्रतिबद्धता जनाएको छ । युक्रेन यु’द्धमा रुसलाई पराजित गर्न पश्चिमा देशहरूले निरन्तर हति’यार सहयोग गर्नुपर्ने युक्रेनी उपरक्षामन्त्रीको भनाइ छ ।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले युक्रेनलाई लामो दूरीसम्म प्रहार गर्न मिल्ने हति’यार सहयोग गरे युक्रेनमा आ’क्रमण थप तीव्र पार्ने जनाएका छन् । हतियार सहयोग गरे युक्रेनी भूभागमा आ’क्रमण गर्ने लक्ष्यको सूची विस्तार गरी सार्वजनिक गरिने पुटिनको भनाइ छ ।

‘मेरो विचारमा पश्चिमा देशले थप हतियार आपूर्ति गर्नुको उद्देश्य सशस्त्र द्व’न्द्वलाई सकभर लामो समयसम्म लम्ब्याउनु नै हो,’ रुसी सरकारी टेलिभिजनसँगको कुराकानीमा पुटिनले भने । अमेरिकाले हाल युक्रेनका लागि गरिरहेको सहयोग कुनै नयाँ कुरा नभएको उनको भनाइ छ ।

लामो दूरीका क्षेप्यास्त्रहरू पठाउने कदमप्रति भने पुटिनले कडा प्रतिक्रिया जनाएका छन् । ‘यदि त्यस्ता ह’तियार आपूर्ति गरिए हामी उपयुक्त निष्कर्ष निकाल्छौं र हामीले अहिलेसम्म प्र’हार नगरेका लक्ष्यमा आ’क्रमण गर्छौं,’ उनले भने, ‘त्यसका लागि हामीसँग पर्याप्त अस्त्र छन् ।’[][]


Last Updated on: June 8th, 2022 at 8:18 am
३३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया