बुधबार २५ साउन २०७९

भारतको उत्तर प्रदेशमा पब्जी खेल्न नदिएपछि रिसाएका एक १६ वर्षीय किशोरले आफ्नै आमालाई गोली हानी हत्या गरेका छन् ।

ती किशोरले आमालाई गोली हानी मारेपछि तीन दिनसम्म घरमा लुकेर बसेको बताइएको छ ।

उनले आफ्नो १० वर्षीया बहिनीलाई समेत धम्काएर घटना लुकाइराखेका थिए ।

शव सडेपछि ती किशोरले सेनामा जागिरे रहेका आफ्नो पितालाई आफैंले फोन गरेर आफूले आमाको हत्या गरेको बताएका थिए ।

त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको र शव व्यवस्थापन गरेको बताइको छ ।

एजेन्सी[][]


Last Updated on: June 8th, 2022 at 11:37 am
१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया