बिहिबार १४ मंसिर २०८०

नेपाललाई टुक्राउने अभिव्यक्ति दिएको भन्दै,जलाए उपप्रधानमन्त्री महतोको पुत्ला (भिडियो)
June 5, 2021 14
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । नेपाललाई टुक्राउने अभिव्यक्ति दिएको भन्दै माधव नेपाल निकट अनेरास्ववीयुले उपप्रधानमन्त्री एवं सहरी सहरी विकास मन्त्री राजेन्द्र महतोको पूत्ला दहन गरेका छन् ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरमा माधव नेपाल निकट अनेरास्ववीयुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा बिद्यार्थीहरुले महतोको पुत्ला दहन गरेका हुन् ।

शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि महतोले नेपाल एकल राज्य हुन नसक्ने विवादित अभिव्यक्ति दिएपछि आलोचित बनेका छन् । महतोले पदभार ग्रहण गर्दै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्तिको आन्दोलनको तयारी गरिरहेको बताएका थिए ।

यस्तै शनिबार जसपाको महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि उपप्रधानमन्त्री महतोले भने, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदै हो नि ।’

नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै उनले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।’ बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरुको मत रहेको उनको भनाई छ ।

यसमा विवाद गर्नुको कुनै अर्थ नभएको भदै महतोले भने, ‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन । सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’

बिद्यार्थीहरुले मुलुकलाई टुक्राउने अभिव्यक्तिको विरोध गर्दै पुत्ला दहन गरेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेपका क्रममा पराजुली लगाएत दर्जनबढी बिद्यार्थीहरुलाई प्रहरी नियन्त्रणमा लिएको छ । नेपाल बहुल राज्य हुनुपर्ने महतोको धारणाको विरोध भइरहेको छ ।


Last Updated on: June 6th, 2021 at 12:18 am
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया