आइतबार ०७ आश्विन २०८०

अब सुनका गहना लगाउन नपाइने, नगरबासीलाई मेयरले दिए तुरुन्तै खोल्ने निर्देशन – हेर्नुहोस् भिडियोमा
June 5, 2021 4
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बेलाबेलामा जनप्रतिनिधिहरु अनौठा अभिब्यक्तिका कारण चर्चामा आउँछन् । यस्तै अभिब्यक्ति झापाको विर्तामोड नगरपालिकाका मेयर धुब कुमार सिवाकोटीले दिएका छन् । उनले एक टेलिभिजन कार्यक्रममा ‘सुनले भाइरस तान्छ’ भनेर भनेका थिए ।

उक्त कार्यक्रममा बोल्दै मेयर सिवाकोटीले भनेका छन्, ‘सबै आमाबुवा, दाजुभाइ, दिदिबहिनीले सुनका औंठीहरू, गहनाहरू लगाउनुभएको छ भने भरे नै खोल्दिनुस् । किनभने यसले भाइरसलाई छिटो लिने गर्छ। मेरो पनि औंठीहरू, गहनाहरू सबै मैले राखेको छु ।’

तर उनी आफ्नो भनाईमा अडिग छन् । उनले पछि सम्पर्क गरेर बुझ्न खोज्दा आफ्नो भनाईको बचाउ गरे । उनले धातुले भाइरसलाई तान्ने भन्दै उही अभिव्यक्ति दिए । उनले सुनको औंठीहरूमा बाहिर स्यानिटाइजर लगाउँछौं तर भित्रपट्टी त लाग्दैन भन्ने दावी गरे ।

औंठी लगाएकै कारण कोरोना लागेको अनुमान भएपछि मेयर सिवाकोटीले अहिले औंलामा लगाएको सबै औंठीहरू फुकालेर राखेका छन् । घडी पनि लगाएका छैनन् । यति मात्र हैन उनले आफ्ना नगरवासीलाई समेत औंठी, घडी केही पनि नलगाउन आग्रह गरेका छन् ।

नयाँ दिल्ली । दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृ’त्यु भएको पुष्टि गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक को-भि’ड–१९ सङ्क्रमण दरमा गि’रावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने उहाँ नि’कट अधिकारीहरूले शनिबार बताएका छन् । यसै सन्दर्भमा केजरीवालले शनिबार एक पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

सम्मेलनमा आगामी दिनमा को-भि’ड–१९ सङ्क्रमणका कारण ब’न्द बजारलाई केही खुकुलो पार्ने र को’रोनाभाइरसको तेस्रो लहरलाई सा’मना गर्नका लागि आवश्यक तयारीबारे पनि सरकारी संयन्त्र तथा ना’गरिकलाई निर्देशन दिने बताइएको छ ।दिल्लीमा दोस्रो लहरको सङ्क्रमण अत्यधिक बढेको भन्दै सरकारले यसै बर्षको अप्रिल १९ देखि ल’कडाउन आदेश जारी गरेको थियो ।

अधिकारीका अनुसार सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई सञ्चालनका लागि अनुमति दिन सक्दछ किनकि को-भि’ड–१९ को अवस्थामा बिस्तारै सुधार हुँदै गएको देखिएको छ ।सरकारले गत हप्ता उत्पादन तथा निर्माण क्षेत्रको प्रतिबन्धलाई अन्त्य गर्दै स्वास्थ्य सावधानीका साथ नियमित काममा फर्कन अनुमति दिएको थियो


Last Updated on: June 6th, 2021 at 12:39 am
३९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया