
सप्तरीमा पेटभरी खाना माग्दा खानाको सट्टा मजदुरले पाए मृ’त्युु !
June 5, 2021 20
11
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सप्तरीमा स्थानिय ठेकेदार द्धारा एक मजुदुुरको ह’त्या भएको छ । बैशाख १४ गते बेलुका सप्तरीको राजगढ गाँउपालिका वडा नम्बर ५ बस्ने ४५ वर्षका बुुधुु सदालाई ठेकेदार रमेश यादव र अन्य ४ जना मिलेर बेहोस हुनेगरी कु’टेपछि राजविराजको राजेन्द्रनारायण अस्पतालमा उपचारका सदाको मृ’त्युु भएको हो ।
सदाको श्रीमती प्रमिला र छोरा बोर्डरमा पुुग्दा सदाको जिउभरि नि’लडा’म देखिपछि उनीहरुले यादव संग प्रश्न गरे तर चित्त बुुझ्दो जवाफ भने पाएनन् । सदाको स्वास्थ स्थिती ग’म्भिर भएको कारण सोही दिन नै उनलाई अस्पताल भर्ना गरिएको थियो तर सदा निको भएनन् । उपचार कै क्रममा शनिबार उनको मृ’त्युु भयो ।
ठेकेदार रमेश यादवले प्लाइउड फ्याक्ट्रीमा काम गर्न भनि सदालाई बैशाख ९ गते भारतको जमुनानगरमा लगेका थिए । काम क’डा तर खानाको कमि भएकोले सदाले १४ गते ठेकेदार संग पेटभरी खानाको माग गरेका थिए । सोही क्रममा भएको भ’नाभ’नमा ठेकेदार यादवको समुुहको नि’र्घा’त कुु’ट’पि’टका कराण सदा बे’हो’स भएपछि १६गते यादवले सदाको परिवारलाई फोन गरी सदा विरामी भएकोले बोर्डरमा लिन बोलाएका थिए ।
सदाको श्रीमती प्रमिला र छोरा बोर्डरमा पुुग्दा सदाको जिउभरि नि’लडा’म देखिपछि उनीहरुले यादव संग प्रश्न गरे तर चित्त बुुझ्दो जवाफ भने पाएनन् । सदाको स्वास्थ स्थिती ग’म्भिर भएको कारण सोही दिन नै उनलाई अस्पताल भर्ना गरिएको थियो तर सदा निको भएनन् । उपचार कै क्रममा शनिबार उनको मृ’त्युु भयो ।
उनको मृ’त्युुको खबर बाहिर आएपछि वैज्ञानिक समाजवादी कम्युुनिष्ट पार्टी नेपाल अन्तरगतको संगठन जात व्यवस्था उन्मुुलन मोर्चा नेपालले यस घ’ट’नाको घो’र भ’त्र्स’ना र विरोध सहित दो’षीलाई का’रबा’हीको माग गर्दै विज्ञाप्ती जारी गरेको छ । दो’षीलाई यथासिघ्र क’डा भन्दा क’डा का’रबा’ही नगरे आफुहरु सडक सं’र्घषमा उत्रि’ने चेत’वनी समेत संगठनले दिएको छ ।
काठमाडौं । उत्तर प्रदेशको जौनपुर जिल्लाको मडियाहूं थाना क्षेत्रको अम्बरपुर गाउँको एक तस्वीर इन्टरनेटमा दुःखद् कमेन्टसहित भाइरल भयो । यस तस्वीरमा एक व्यक्तिले आफ्नी पन्तीको शवलाई साइकलमा राखेर उभिएको दुःखद् तस्वीर देखाइएको छ । केही तस्वीरमा उनले आफ्नी मृत श्रीमतीको शवलाई समाएर बसेको तस्वीर भाइरल भएको हो ।
उनी ५५ वर्षीय तिलकधारी सिंह हुन् । उनकी पत्नी राजकुमारी देवीको मंगलबार जैनपुरको सदर अस्पताल बाहिर कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । सरकारी एम्बुलेन्सले राजकुमारीको शवलाई गाउँसम्म त पुर्याइदियो । तर कोरोनाको डरका कारण उनकी श्रीमतीको अन्तिम संस्कारको लागि गाउँका कोही पनि आउन मानेनन् । त्यसपछि उक्त महिलाको जौनपुर प्रहरीले नै अन्तिम संस्कार गराएको थियो ।
अन्तिम संस्कारमा भयो विरोध जौनपुरका अतिरिक्त प्रहरी अधीरक्षक (ग्रामीण) त्रिभुवन सिंहका अनुसार तस्वीर प्रहरीसम्म पुगेपछि मडियाहू थानाका प्रहरी गाउँ पुगे र अन्तिम संस्कार गराए । तर त्यतिबेला पनि गाउँका कोही पनि अन्तिम संस्कार गराउन आएनन् ।
त्रिभुवन सिंहका अनुसार प्रहरीले गाउँको नजिकै रहेको सानो नदीको किनारामा ती महिलाको अन्तिम संस्कार गराउन लागेको थियो । तर यसबारेमा गाउँलेले विरोध गरेपछि प्रहरीले जौनपुरको रामघाटमा महिलाको अन्तिम संस्कार गराएको थियो ।
सिंह भन्छन् ‘जब प्रहरी गाउँमा पुगेको थियो तब तिलकधारी सिंह लासको नजिकै बसिरहेका थिए । गाउँका केही व्यक्ति त्यहाँ उपस्थित पनि भएका थिए ।
सोही गाउँका एक युवक चन्दन सिंहले तिलकधारी सिंहको घर गाउँबाट छुट्टै रहेको र आफ्नी श्रीमतीको मृत्युको बारेमा उनले कसैलाई पनि खबर नगरेको दाबी गर्छन् ।
पत्नीलाई लगेका थिए अस्पताल चन्दन सिंहका अनुसार राजकुमारी देवीको स्वास्थ्य केही दिनदेखि खराब भइरहेको थियो । सोमबार तिलकधारी सिंहले आफ्नी पत्नीलाई सदर अस्पतालसम्म पु¥याएका थिए । तर उनले अस्पतालमा पत्नीलाई भर्ना गराउन सकेनन् ।
चन्दनका अनुसार तिलकधारी मोबाइल बोक्दैनन् । जब पत्नीको मृत्यु भयो त्यसपछि उनले पत्नीको शव लिएर घर फर्किए । पत्नीको मृत्यु भएको दिन करिब साढे ११ बजे उनले पत्नीलाई घर ल्याएका थिए । कोरोनाका कारण अधिकांश व्यक्ति घरमै रहेकोले कसैले पनि थाहा नपाएको चन्दनले बताए ।
चन्दन भन्छन् ‘घर ल्याएर उनले कसैलाई पनि नभनी शवलाई साइकलमा राखिरहेका थिए । त्यतिबेला दिउँसोको साढे २ जति बजेको थियो होला । उनको साइबलबाट बीचैमा शव झर्यो । नजिकैको नदी किनारामा अन्तिम संस्कार गर्न खोज्दा गाउँलेले विरोध गरे ।’ चन्दन स्वयंले उनकी पत्नीको अन्तिम संस्कारमा दाउरा खोज्न सहयोग गरेको बताए ।
दाबीमा देखियो विरोधाभास यति हुँदाहुँदै पनि स्थानीय पत्रकार र प्रंहरी अधिकारीले भने राजकुमारीको अन्तिम संस्कारको लागि प्रहरी पुग्नुपूर्व कोही पनि गाउँले त्यहाँ पुगेका थिएनन् । जब प्रहरी मृतकको घरमा पुग्यो र नदीको किनारामा पु¥याएर अन्तिम संस्कारको तयारी ग¥यो । तब स्थानीयले कोरोना महामारीको हवाला दिँदै विरोध गरे ।
अतिरिक्त पुलिस अधीरक्षक त्रिभुवन सिंह भन्छन् ‘जब प्रहरी टीम गाउँ पुग्यो, त्यतिबेलासम्म अन्तिम संस्कार गराउनको लागि कोही आएनन् । प्रहरी टीमले पूरै विधिविधान पूरा गरेर अन्तिम संस्कार गराए ।
स्थानीय पत्रकार आरिफ हुसेन भन्छन् ‘साइकलवाला तस्वीर भाइरल भएपछि प्रहरी मृतकको घरमा पुगेको थियो । गाउँका कोही पनि व्यक्ति सामने आएनन् । अहिले गाउँलेहरु यस घटनाप्रति आत्मालोचना गरिरहेका छन् ।
चन्दन सिंहका अनुसार अम्बरपुरको उक्त सानो गाउँमा ४५० जना जतिको बसोबास रहेको छ । अहिलेसम्म उक्त गाउँमा ५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
चन्दन भन्छन् ‘यदि गाउँमा टेस्ट गराउने हो भने यो संख्या अझै धेरै हुने गर्छ । यहाँका मान्छेमा कोरोनाको महामारीको ठूलो भय छ । धेरै गाउँलेहरु या त खेती गर्न बारीमा जान्छन्, फर्किएपछि घरमा नै बस्ने गर्छन् ।’
तिलकधारी सिंह गाउँमा आफ्नी पत्नीका साथ एक्लै बस्ने गर्थे । उनकी छोरी छिन् तर उनको विवाह भइसकेको छ । उनको एक छोरा पनि छन् । तर उनी अहिले दिदीको घरमा नै बस्ने गर्छन् । तिलकधारीको आर्थिक अवस्था त्यति राम्रो छैन । –बीबीसी हिन्दीबाट