मंगलबार १२ मंसिर २०८०

मलेसियाको सडक दुर्घटनामा ज्यान गुमाउने ‘सेक्युरिटी गार्ड’ को हुन् ?
June 5, 2021 91
40
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
मलेसियामा गत बुधबार ‘सेक्युरिटी भ्यान’ दुर्घटनामा ज्यान गुमाएका नेपाली श्रमिकको पहिचान खुलेको छ। मलेसियास्थित नेपाली दूतावासका पब्लिक रिलेशन अफिसर (पिआरओ) टेकबहादुर बुढाले प्रवास खबरलाई दिएको जानकारी अनुसार ‘सेक्युरिटी भ्यान’ दुर्घटनामा ज्यान गुमाउने नेपाली तनहुँका झपटबहादुर थापा हुन्।

३७ वर्षीय झपट ‘के फोर्स सेक्युरिटी’ कम्पनीमा सुरक्षागार्डको रुपमा कार्यरत थिए। उनी मलेसियाली चालक ५३ वर्षीय मुसरिन तामाइससँगै अघिल्लो सिटमा बसेका थिए। नेपाली राजदूत उदयरा पाण्डेका अनुसार नाइट ड्युटी गरेर बिहान फर्किने क्रममा बिहान उनी चढेको भ्यान दुर्घटनाग्रस्त भएको थियो। यो घटनामा मलेसियाली चालक तामाइससँगै झपटको पनि निधन भएको हो।

९ जना नेपाली कामदार चढेको भ्यान बिजुलीको खम्बामा ठोकिन पुगेको थियो। मृतक मलेसियाली चालकको शव गाडीभित्रबाट बरामद भएको थियो भने झपटको शरीर गाडीबाट बाहिर निस्किएको थियो।घटनामा घाइते भएका ८ नेपाली कामदारलाई उपचारका लागि तुरुन्त सुल्तानाह अमिनाह अस्पताल पुर्याइएको थियो।मलेसियामा गत बुधबार ‘सेक्युरिटी भ्यान’ दुर्घटनामा ज्यान गुमाएका नेपाली श्रमिकको पहिचान खुलेको छ। मलेसियास्थित नेपाली दूतावासका पब्लिक रिलेशन अफिसर (पिआरओ) टेकबहादुर बुढाले प्रवास खबरलाई दिएको जानकारी अनुसार ‘सेक्युरिटी भ्यान’ दुर्घटनामा ज्यान गुमाउने नेपाली तनहुँका झपटबहादुर थापा हुन्।

३७ वर्षीय झपट ‘के फोर्स सेक्युरिटी’ कम्पनीमा सुरक्षागार्डको रुपमा कार्यरत थिए। उनी मलेसियाली चालक ५३ वर्षीय मुसरिन तामाइससँगै अघिल्लो सिटमा बसेका थिए। नेपाली राजदूत उदयरा पाण्डेका अनुसार नाइट ड्युटी गरेर बिहान फर्किने क्रममा बिहान उनी चढेको भ्यान दुर्घटनाग्रस्त भएको थियो। यो घटनामा मलेसियाली चालक तामाइससँगै झपटको पनि निधन भएको हो।

९ जना नेपाली कामदार चढेको भ्यान बिजुलीको खम्बामा ठोकिन पुगेको थियो। मृतक मलेसियाली चालकको शव गाडीभित्रबाट बरामद भएको थियो भने झपटको शरीर गाडीबाट बाहिर निस्किएको थियो।घटनामा घाइते भएका ८ नेपाली कामदारलाई उपचारका लागि तुरुन्त सुल्तानाह अमिनाह अस्पताल पुर्याइएको थियो।


Last Updated on: June 6th, 2021 at 12:48 am
४७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया