आइतबार ०७ आश्विन २०८०

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार आजभोली विशेषगरी नेपाली ‘टिनेजर’ युवतीहरुले रुचाइएको अनुहार हो।

धेरैलाई लाग्न सक्छ उनि नेपाली हुन् र कुन दिन युट्युबरहरु क्यामेरा बोकेर अन्तर्वार्ता लिउन लछारपछारगरेको भिडियो हेर्न पाइने छ । तर, उनि नेपाली नभई नेपाल भन्दा टाढाको देश म्यानमारका एक गायक तथा मोडल हुन्।

धेरै नेपालीको मनमा बसिसकेका यी युवाको नाम हो पेइङ्गतखोन। उनि म्यानमारको तनिनथारी राज्यमा जन्मिएका भए पनि खमौक्गी शहरमा हुर्किएका हुन । पप गीत गाउन रुचाउने उनले सन १९९६ मा म्यानमारको यङोन शहरको डिस्टेन्स एजुकेशन विश्व विद्यालयमा मनोविज्ञानशास्त्रको अध्ययन गरिरहेका छन्।

उनको आकर्षक शरीर भएकै कारण विभिन्न विज्ञापनहरुमा खेल्ने अवसर पाएका छन्। पछिल्लो समय नेपालमा मात्रै नभई उनि आफ्नै देश म्यानमार र थाइल्याण्डमा समेत भाइरल भइरहेका छन् । पेइङ्गतखोनले मिड नाईट ट्राभलर चलचित्रबाट आफ्नो फिल्मी यात्रा सुरु गरेका हुन् ।तखोनको चर्चा चुलिएसंगै उनलाई म्यानमारका लागि पर्यटक राजदूत ‘टुरिस्ट एम्बेसडर’ र ओप्पो मोबाइल म्यानमारको ब्रान्ड एम्बेसडर बनाइएको छ।

नयाँ बर्षको सुरुवातसंगै उनले दश दिनका लागि भिक्षु बन्ने घोषणा गरेका थिए। कपाल चिल्लो परेर भिक्षुको भेषमा तस्विर राखेपछि ‘आकर्षक भिक्षु’ भन्दै उनको चर्चा नेपालसम्मै आइपुगेको थियो। उनको तस्विरमा जनवारप्रति प्रेम झल्किन्छ। उनले संजालमा सुन्दर कुकुर र बिरालाका विभिन्न तस्विरहरु राखेका हुन्छन्।


Last Updated on: June 6th, 2021 at 12:55 am
६८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया